प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
दक्षिण कोरियाले आफ्नो देशमा उत्तर कोरियाका तानाशाहको हत्या गर्ने गोप्य योजना भएको कुरा सार्वजनिक गरेपछि सबैजना चकित भएका छन् । दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कूले सो कुराको सार्वजनिक गरेका हुन् ।
विशेष सैन्य युनिट बनाउने तयारीः
उनले सो कुराको जानकारी देशको संसदीय सत्रको क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदा सार्वजनिक गरेका हुन् ।
उनले भने, ‘यदि दक्षिण कोरियाको सुरक्षामाथि खतरा आए सिओलसँग उत्तर कोरियाको सर्वोच्च नेता किम जोंगको हत्या गर्ने गोप्य प्लान छ । ’ किमको हत्या गर्न दक्षिण कोरियाली सेनाको एउटा भिन्न विशेष युनिट तयार रहेको उनले बताए । तर दक्षिण कोरियाले देशको सम्प्रभुतामाथि खतरा आए मात्र किम विरुद्धको यो योजना लागु गर्ने बताएका छन् ।
धेरै देशले दक्षिण कोरियाको यस्तै प्रकारको योजना बनाइरहेको आशंका गरिरहेका बेला, मन्त्रीको यस्तो सटिक उत्तरले सबैलाई चकित बनाइदिएको छ ।
हामीसँग अर्को कुनै दोस्रो विकल्प छैनः
अर्कोतर्फ उत्तर कोरियाका विदेश मन्त्री री योंग होका अनुसार यदि अमेरिकाले उत्तर कोरियाको सुरक्षामाथि खतरा निम्त्याए आफूहरुले जुनसुकै कदम उठाउन बाध्य हुने बताए । यूएन महासभामा बोल्दै उत्तर कोरियाका विदेशमन्त्री री योंगले आफूहरुसँग परमाणु बमको क्षमता बढाउने बाहेक अरु कुनै विकल्प नभएको बताए । ‘हाम्रो देशको सुरक्षालाई कुनै पनि हालतमा बचाइराख्नका लागि हामीले यस्तो गर्दैछौं ।’
उत्तर कोरियाले दक्षिण कोरियाका रक्षामन्त्रीलाई हत्या गरिदिने चेतावनी दिएको समेत बुझ्न आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij