आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत र पाकिस्तान कसको शैन्य शक्ति कति छ ?

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • एजेन्सी  ।  उरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने आजका दिनमा पाकिस्तानसँग भन्दा भारतको सैन्य शक्ति धेरै छ ।

    भारतसँग १३ लाख २५ हजार जवान छन् । रिर्जव र अर्धसैनिक बल गरेर भारतमा ४७ लाख ६८ हजार ४०७ सैन्य जनशक्ति छ ।

    पाकिस्तानसँग जवानको सख्याँ ६ लाख १७ हजार छ । रिर्जव र अर्धसैनिक बल गरेर पाकिस्तानमा १४ लाख ३४ हजार सैन्य जनशक्ति छ ।

    भारतसँग टी–७२ युद्धक टैंक २४१४ वटा छन् । टी–९० टैंक ८०७ छन् । अर्जुन एमके–२ टैंक २४८ वटा छन् । ट–५५ टैंक ५५० छन् ।

    पाकिस्तानसँग ५०० मुख्य युद्धक टैंक अल खालिद छन् । ३२० वटा टी–८० टैंक छन् । १३०० वटा अल जरार ८२–२ टैंक छन् । जमिन र पानी दुवैमा चल्ने ५० टैंक छन् ।

    भारतीय वायुसेना संसारको चौथो ठूलो मानिन्छ । वायुसेनामा सैन्य अधिकारी र कर्मचारी १ लख २७ हजार छन् । सेवामा सक्रिय विमान १७ सय ८५ छन् । एयरवेस ६० वटा छन् ।

    पाकिस्तानसँग सैन्य अधिकारी र कर्मचारी ६५ हजार छन् । सेवामा सक्रिया एयरक्राफ्ट ८४७ छन र एयरवेस ९ वटा छन् ।

    भारतीय सेनाका एयरक्राफ्टमा सवैभन्दा खतरनाक ४ दशमलव ६ जेनेरेशन विमान सुखोई हो । भारतले यी विमान रुसबाट खरिद गरेको हो । भारतसँग २०० सुखई विमान छन् । यसबाहेक ३६ मिराज, ९० जगुआर, ४८ मिग–२९, ६५ वटा मिग–२७ र बाइसन फाइटर विमान छन् ।

    पाकिस्तानसँग १२० चेंदगु एफ–७ पी एयरक्राफ्ट छन् । ६० एफ–७ पीजी लडाकु विमान छन् । १५० वटा मिराज फाइटर्स छन् । ३० वटा जेएफ–१७ थंडर लडाकु विमान छन् । ५४ वटा एफ १६ अमेरिकी लडाकु विमान फाल्कन छन् ।

    भारतसँग जलसेनाका १५ पानी जहाज छन् । परमाणु हतियारसहितका पानीजहाज पनि छन् ।

    पाकिस्तानसँग ६ वटा पानी जहाज छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij