आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘सर्जिकल स्ट्राइक’ पछि भारतीय र पाकिस्तानी मिडियाबीच आरोप प्रत्यारोप

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • नयाँ दिल्ली  ।   उरी हमलाले भारत र पाकिस्तानको सम्बन्धमा ठूलै उथलपुथल ल्याइदिएको छ । यसै त यी दुई देशले एक अर्कालाई ‘दुश्मन’ को रुपमा हेर्ने गर्दथे, अहिले उनीहरुको ‘दुश्मनी’ निकै चुलिएको छ । उनीहरुले एउटै घटनालाई हेर्न दृष्टिकोणमा पनि आकाश–पातालको फरक छ ।

    यसलाई पुष्टि गर्छ भारतीय र पाकिस्तानी मिडियाका समाचारहरुले । यी दुई देशका मिडियाले एकअर्कामाथि आरोप प्रत्यारोप लगाउन पछि परेका छैनन् । हेरौं एउटै विषयवस्तुमा भारत र पाकिस्तानको भिन्न धारणाः

    १. बुधबार राती भारतीय सेनाले ‘सर्जिकल अप्रेशन’ गरी ३८ आतंककारीलाई मृत्युको मुखमा पुर्याएको बताउने भारतीय समाचार एजेन्सीको दाबीलाई पाकिस्तानी मिडियाले खण्डन गरेको छ । पाकिस्तानी सेनालाई उद्धृत गर्दै त्यहाँका मिडियाले बतायो, ‘ भारतको तर्फबाट कुनै सर्जिकल स्ट्राइक भएको थिएन । यो सीमा पारीबाट गरिएको गोलीबारी थियो जुन पहिले पनि हुने गर्दथ्यो ।’ यदि पाकिस्तानी भूमिमा सर्जिकल स्ट्राइक भए पाकिस्तानले यसको निकै कडा जवाफ दिने पाकिस्तानी सेनाले बताएको छ ।

    २. यसका साथै बुधबार रातीको गोलीबारीमा भारतीय सैनिकले ३८ आतंककारीलाई मारेको बताए पनि पाकिस्तानले भने आफ्ना दुई सैनिकले सहादत पाएको बताएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आफ्ना मृत दुई सैनिकलाई श्रद्धाञ्जली दिएको खबर पाकिस्तानी मिडियाले सार्वजनिक गरेका थिए ।

    ३.पाकिस्तानका प्रधानमन्त्री शरिफले भारतले ‘सर्जिकल स्ट्राइक’ गरेको घोषणालाई अस्वीकार गरेपछि लाजबाट बच्नका लागि पाकिस्तानले यसो गरेको भारतले आरोप लगाएको छ । यता पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले आफ्ना जनता र मिडियालाई सन्तुष्ट बनाउनका लागि आफ्नो झुटो रङ देखाइरहेको बताएका छन् । रक्षामन्त्रीका अनुसार एलओसीमा भारतले साना हतियारको प्रयोग गरेका थिए जसमा दुई सेना शहिद भएका छन् र अन्य ९ जना घाइते भएका छन् । पाकिस्तानले पनि यसरी नै जवाफी कारवाही गरेको उनले बताए ।

    ४. भारतीय क्रिकेट टिमको एक दिवसीयका कप्तान महेन्द्र सिंह धोनीको बायोपिक फिल्म ‘एम एस धोनी– द अनटोल्ड स्टोरी’ माथि पाकिस्तानमा प्रतिबन्ध लगाएको खबर भारतीय समाचार एजेन्सीले छापेको छ । कुनैले त पाकिस्तानले धोनीको फिल्ममाथि प्रतिबन्ध लगाएर आफ्नो औकात देखाएको भनी आरोप लगाएका छन् । तर यता पाकिस्तानी मिडियाले भने आफूहरुले धोनीको फिल्मलाई प्रतिबन्ध नगरेको बताएका छन् । पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानका सेन्सर बोर्डले फिल्मको सर्टिफिकेसन नै नपाएको भन्दै फिल्मलाई कसरी प्रतिबन्ध लगाउन सकिन्छ भनेर प्रतिप्रश्न गरेका छन् ।
    ५. धोनीको फिल्म पाकिस्तानले प्रतिबन्ध लगाएकोमा रिसाएको भारतले पाकिस्तानी गायक आतिफ असलमको कन्सर्ट रद्ध गरेको छ । भारतको गुडगावमा हुने भनिएको अतिफको कन्सर्ट त्यहाँको जिल्ला प्रशासनले सैन्य बल र सीमामा तैनाथ सैनिकको भावनालाई ध्यानमा राख्दै कन्सर्ट रद्द गर्नुपरेको बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij