आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतले स्विकारेको पाकिस्तानले नकारेको, आखिर के हो ‘सर्जिकल स्ट्राइक’ ?

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • BANDIPORA, SRINAGAR, JAMMU AND KASHMIR, INDIA - 2016/09/22: Army soldiers guard near the army camp Aragam village of Bandipora district, north of Srinagar Indian controlled Kashmir. A suspected Rebel t was killed in a gunbattle with government forces. (Photo by Umer Asif/Pacific Press/LightRocket via Getty Images)

    भारतीय मिडियाले गत बुधबार राती पाकिस्तानको सीमा पार गरी ३८ जना ‘आतंककारी’ लाई मारेको दाबी गरेको छ, यसलाई उनीहरुले ‘सर्जिकल स्ट्राइक’ बताएका छन् । तर, यता पाकिस्तानले भने भारतीय सेनाले सीमा पार नगरेका कारण यसलाई ‘सर्जिकल स्ट्राइक’ भन्न नमिल्ने बताएका छन् । पाकिस्तानी सेनाका अनुसार बुधबार राती भएको घटनामा सीमा पार नगरी गोलीबारी भएको थियो जुन विगतमा धेरै पटक हुने गर्दथ्यो । उक्त घटनामा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको र अन्य ९ जना घाइते भएको पाकिस्तानी मिडियाले जानकारी दिएको छ ।

    बुधबारको घटनापछि यी दुई देशबिच अर्को नयाँ विषयमा मनमुटाव सुरु भएको छ, ‘सर्जिकल स्ट्राइक’ बारे । यता भारतले आफूहरुले ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेपनि पाकिस्तानले भने उनीहरुको दाबीलाई पूर्ण रुपमा नकारेको छ । भारतले स्विकारेको र पाकिस्तानले नकारेको आखिर के हो ‘सर्जिकल स्ट्राइक’, यसबारे जानकारी लिऔं ।

    ‘सर्जिकल स्ट्राइक’ अर्थात दुश्मनलाई उनकै घरमा घुसेर मार्ने प्रक्रिया । यस्तो हमला ठूलो संख्यामा क्षती पुर्याउनका लागि नभई सिमित दायरामा भएका दुश्मनलाई मार्नको लागि गरिने स्रोतले बताएको छ ।

    के हो सर्जिकल स्ट्राइक ?
    – जुन ठाउँमा हमला गर्न लागिएको हो, त्यसबारे पूरा जानकारी एकत्रित गरिन्छ ।
    – त्यही जानकारी अनुरुप हमलाको प्लानिङ गरिन्छ ।
    – यो अपरेसनका लागि कमान्डोको एक समूह तयार गरिन्छ ।
    – त्यसपछि निकै गोप्य तरिकाले कमान्डोलाई टार्गेटसम्म पुर्याइन्छ ।
    – लगत्तै दुश्मनमाथि चौतफी हमला गरिन्छ ।
    – दुश्मनले केही एक्सन लिनुपूर्व नै उनीहरुलाई त्यहाँ घेरेर मारिन्छ ।
    – हमला पछि कमान्डो जुन रफ्तारमा त्यहाँ गएका थिए त्यही स्पिडमा त्यहाँबाट फर्कन्छन् ।
    – सर्जिकल स्ट्राइकको क्रममा आसपासका मानिस, घर, बिल्डिङ र गाडीहरुलाई केही पनि हानी नोक्सानी नहोस् भनी विशेष ध्यान दिइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij