प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
लस एन्जलिस । अघिल्लो महिना आफ्नो पति ब्राड पीटसँग सम्बन्ध विच्छेदका लागि अदालत पुगेकी एन्जेलिना जोली किन यो निर्णय पुगिन् भन्ने बारे विभिन्न चर्चा चलिरहेको छ । धेरैले यसको कारण पीटको अन्य युवतीसँग सम्बन्ध र रक्सी पिउने बानी भनेर भनिरहेका छन् ।
पछिल्लो मिडिया रिपोर्टका अनुसार पीटको मोबाइल फोनमा गायिका तथा नायिका सेलिना गोमेजको तस्विर फेला परेपछि जोली सम्बन्ध विच्छेदको निर्णयमा पुगेको बताइएको छ ।
एस सो बिज डटकमका अनुसार जोलीले पीटको फोनमा विभिन्न युवतीहरुसँग ‘आपत्तिजनक’ तस्विरहरु फोला पारेपछि निकै रुष्ट बनेकी थिइन् ।
ओके पत्रिकाका अनुसार पीटको फोनमा एयरहोस्टेज देखि हलिउड नायिका सेलिना गोमेजसम्मको तस्विर थियो । त्यही फोटोका कारण दुवैबीच ‘निर्णायक विवाद’ भएको पत्रिकाले जनाएको छ ।
‘जोलीलाई थाहा छ किन युवतीहरु पीटलाई भेट्न चाहन्छन् र मरिहत्ते गर्छन् । तर, फोनमा किन ती युवतीहरुको तस्विर राखिएको भन्दै उनी रिसाएकी थिइन्,’ जोली निकटलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।
दुई जना विवाद भएपछि सम्बन्ध बिग्रिएको बताइएको छ । अझ, यसअघि नै पीट र फ्रेन्च नायिका मारिअन कोटिलार्डबीच अफेयर चलिरहेको थियो । तर, हाल गर्भवती रहेकी मारिअनले भने उक्त आरोपको खण्डन गरिरहेकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij