आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानी कलाकारलाई प्रतिबन्ध गर्ने भारतीय निर्माताहरुको निर्णय

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • पाकिस्तानबीच पछिल्लो समय देखिएको तनावबीच इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएन (आइएमपीपीए) ले पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

    ‘आइएमपीपीएको ८७ औं सम्मेलनले चलचित्र निर्माताहरुले कुनै पनि पाकिस्तानी कलाकारहरुलाई अनुबन्ध नगर्ने निर्णय गरेको छ,’ संगठनका अध्यक्ष टिपी अग्रवालले भने ।

    भारतीय सेनाले लाइन अफ कन्ट्रोलमा आतंकवादीहरुमाथि कारवाही गरेको खबरसँगै निर्माताहरुले उक्त निर्णय गरेका हुन् ।

    संगठनका सदस्य अशोक पण्डितले संगठनले उरी हमलामा ज्यान गुमाएका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताउँदै देशप्रति संगठनको पनि जिम्मेवारीलाई पूरा गर्दै पाकिस्तानी कलाकारहरुलाई चलचित्रमा नलिने निर्णय गरेको बताए । उनले स्थिति सामान्य नभएसम्म यो निर्णय लागु हुने बताए । ‘हाम्रो लागि देशनै पहिलो प्राथमिकता हो,’ उनले भने ।

    विभिन्न राजनीतिक संगठन तथा पार्टीहरुले पाकिस्तानी कलाकारलाई भारतलाई प्रतिबन्ध गर्न र कुनै कार्यक्रममा सहभागी नगराउन माग गरेको थियो ।

    गत हप्ता राज ठाकरेको नेतृत्वमा रहेको एमएनसले पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टे अल्टिमेटम दिँदै देश छाड्न चेतावनी दिएको थियो ।

    यसैबीच पाकिस्तानी गायकहरु सफकत अमानत अली र आतिफ असलमको बैंगलुरु र गुरगाउमा हुने भनिएको कन्सर्ट रद्द भएको छ भने फवाद खान र अलि जाफर पाकिस्तान फर्किएका छन् ।

    संघका अध्यक्ष अग्रवालले उनको नयाँ चलचित्रमा राहत फत्ते अलि खानको ठाउँमा अर्को गायकलाई लिएको खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij