आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली अमेरिकन फुटबल टोली गठन प्रकृया सुरु, प्रतियोगितामा भाग लिन नेपाल जाने तयारी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • वाशिंगटन डिसी । अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहँदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोली निर्माण गर्ने छनौट प्रक्रिया शुभारम्भ भएको छ ।

    नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रियालाई अगाडी बढाउँदै करिब ३ हप्ताभित्र नेपाली अमेरिकन फुटबल टोली एक सशक्त टोली निर्माण गरिने भएको छ ।

    लामो समयदेखि अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोली निर्माण गर्ने योजना बोकेर हिँडेको अमेरिकाको नेपाली समुदायको चिर परिचित सामाजिक संस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को सपना अन्तत्वगत्वा साकार भएको छ ।

    अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडी तथा नेपाली मुलका सबै ईक्षुक खेलाडीहरुलाई हरेक राज्यबाट सहभागी हुन आब्हान गरिएको छ भने अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोलीको निर्माण गर्ने जिम्मेबारी टेक्सासमा बसोबास गरि रहेका नेपालका भूतपूर्व राष्ट्रिय खेलाडी उमेश प्रधानलाई दिइएको छ ।

    प्रधान छनौट प्रक्रिया समितिका प्रमुख रहेका छन् भने उनी लगायत सात सदस्यीय समिति निर्माण गरिएको छ । समिति सदस्यहरुमा दिपक अमात्य न्युह्याम्प सायर स्अदिप रोका, मेरील्याण्ड स् सुरज थापा डिसी, कुमार शेरचन, न्युयोर्क स् वाङ्ग्ला लामा, न्युयोर्क तथा बिनोद बिष्ट टेक्सास रहेका छन् ।

    नेपाली अमेरिकन फुटबल टोली गठन प्रक्रियालाई एनएनएको तर्फबाट एनएनए खेलकुद संयोजक चन्द्र लामाले समन्यव गर्ने भएका छन् । सम्पूर्ण खेलाडीहरुको खर्च यस परियोजनाका परियोजना प्रबन्धक मुकुन्द ढुंगानाले व्यवस्थापन गर्ने भएको जानकारी लामाले दिएका छन् ।

    यसैगरी एन्फाको निमन्त्रणामा नेपाली अमेरिकन फुटबल टोली नेपाल प्रस्थान गर्ने लामाले बताए भने नेपालको सम्पूर्ण खान, बस्न तथा स्थानीय यातायातको खर्च आयोजक समितिले बेहोर्ने बताए ।

    यस छनौट प्रक्रियामा सबैलाई अवसर दिइने लामाले बताउँदै छनौट प्रक्रिया समाप्तपछि अन्तिम चरणमा पुगेका खेलाडीलाई करिब एक महिनाको बन्द शिविर डीसीमा गराइने भएको छ । अमेरिकामा जन्मिएका दोश्रा पुस्ताका खेलाडीहरु खेल खेल्न मातृभूमि जान अवसर पाइने भएकोले उत्साहित हुने विश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij