प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
इराकमा तथाकथित इस्लामिक स्टेट (आईएस) को यौनदासताबाट उम्कन सफल दुई याजिदी महिलाले युरोपको प्रतिष्ठित मानवअधिकार सम्मान ‘साखारोभ पुरस्कार’ जितेका छन् ।
विजेताद्वय नादिया मुराद बसी र लामिया अजी बसार हुन् । उनीहरूजस्तै हजारौं याजिदी युवती र महिलालाई सन् २०१४ मा आईएस लडाकुहरूले अपहरण गरी यौनदासी बन्न बाध्य पारेका थिए । दुवैजना त्यो दुदर्शाबाट फुत्केयता याजिदी समुदायको हितमा लागिपरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij