शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एनसेलले पायो फोरजीको अनुमति, प्राधिकरणद्वारा विस्तृत कार्ययोजना माग

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • काठमाडौं । अब निजी क्षेत्रको पहिलो मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले पनि चाँडै नै फोरजी सेवा संचालन गर्न सक्नेछ । नेपाल दुरसंचार प्राधिकरणले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई यो सेवाको अनुमतिदिएको केही हप्ता पछि एनसेललाई पनि टेक्नोलोजी न्यूट्रालिटी अन्तर्गत फोरजीको अनुमति प्रदान गरेको छ ।

    अनुमति दिएसँगै प्राधिकरणले शुक्रबार एनसेललाई सेवा संचालन तथा विस्तारको विस्तृत कार्य योजना माग गरेको छ । “प्राधिकरणले प्रविधि तटस्थता अपनाउने गरी सरकारले केही महिना अधि संसोधितफिक्वेन्सी नीति बमोजिम एनसेललाई फोरजीको लागि अनुमति दिएको छ,” प्राधिकरण स्रोतले बताएकाे छ । स्राेतका अनुसार, प्रविधि तटस्थता अन्तर्गत कुन कुन प्रविधिमा आधारित के कस्तो सेवा ग्राहकलाई प्रदानगर्ने हो, ती सेवाहरु के कसरी संचालन तथा देशभर विस्तार गर्ने हो र यसका लागि निम्नतम कति फिक्वेन्सी आवश्यक पर्ने हो लगायतका जानकारी समावेश गरी विस्तृत कार्य योजना मागेको हाे ।

    एनसेलले नयाँ प्रविधि भित्राउन फोरजी फिक्वेन्सी मागेको ६ वर्ष पछि सरकारले फिक्वेन्सी दिने निर्णय गरेको हो । पहिलो पटक एनसेलले असोज २०६७ मा फोरजीका लागि प्राधिकरण समक्ष फिर्क्वेन्सी मागगरेको थियो । एनसेलका कर्पोरेट कम्युनिकेशन विज्ञ मिलन शर्माले प्रविधि तटस्थता अन्तर्गत सेवा संचालनको पत्र प्राप्त गरेको स्विकार्दै प्राधिकरणले कार्य योजना मागेको बताए ।

    “हाल तिहारको बिदाको समय परेकोले पत्रको सम्बन्धमा तिहार पछि विस्तृतमा थाहा हुन्छ,” उनले भने । एनसेलले सरकारले अनुमति दिएको दुई महिना भित्रमा सेवा संचालन गर्न सकिने बताउदै आएकोजानकारी उनले दिएका छन् ।

    सरकारले गरेको नीतिको परिमार्जन अनुरुप फोरजी सेवाका लागि एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा थप फिक्वेन्सी र आवश्यक अनुमतिका लागि प्राधिकरण समक्ष निवेदन दिएको थियो । नीतिले १८००मेगाहर्ज व्याण्डमा प्रविधि तटस्थता अबलम्बन गरेको छ र एउटा सेवा प्रदायक कम्पनीलाई २० मेगाहर्ज सम्म फिक्वेन्सी दिन सकिने व्यवस्था गरेको छ । अहिले यो ब्याण्डमा एनसेलले ११ मेगाहर्ज र नेपालटेलिकमले १५ मेगाहर्ज पाएको छ र यी फिक्वेन्सीहरु टुजी प्रविधिमा आधारित मोबाईल सेवा संचालनमा प्रयोग भईरहेको छन् । प्रविधि तटस्थता अन्र्तगत सेवा प्रदायकले प्राधिकरणको अनुमतिमा सोहीव्याण्डमा तोकिएको फिक्वेन्सी प्रयोग गरी फोरजी सेवा दिन सक्छन् ।

    केही हप्ता अघि अनुमति पाएको नेपाल टेलिकमले पुस १ गतेबाट सेवा संचालनमा ल्याउने बताएको छ । उसले काठमाण्डौं र पोखरामा पहिला सेवा सुरु गरिने र तत्काल ३ लाख लाईन फोरजी बाँडिने बताउदैआएको छ । नेपाल टेलिकमको फोरजीको गति ३२ं.४ एमबि प्रति सेकेन्डको हुनेछ । थ्रिजीको विकसित रुप मानिएको फोरजीमा मोबाईल ईन्टरनेटको गतिमा सुधार हुनेछ र ग्राहकले सजिलैसँग अनलाईनभिडियो हेर्न, भिडियो कम्फ्रेन्सिङ्, गेम खेल्न, ठूला फाईलहरु सजिलै डाउनलोड सक्नेछन् । भारतमा हाल ४० एमबि प्रति सेकेन्ड सम्मको गतिमा यो सेवा त्यहाँका कम्पनीहरुले उपलब्ध गराउदै आएका छन् ।

    एनसेलले अहिले काठमाण्डौंमा आफ्नो थ्रिजी प्रविधिमा आधारित नेटवर्कमा आधुनिकिकरण गरेर २१ एबि प्रति सेकेन्ड गति सम्मको ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ र मोबाईल सेवा ७५ जिल्लामा पुर्याईसकेको छ । केही महिना अगाडी कम्पनीले ईन्टरनेट सेवाको माग र बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै डाटा सेवाको विस्तारलाई प्राथमिकता दिने बताएको थियो । फोरजी संचालन, थ्रिजी विस्तार र डाटासेवा सुधारलाई विषेश प्राथमिकतामा राखेको बताएको थियो ।

    प्राधिकरणको पछिल्लो तथ्याङ् अनुसार, गत आर्थिक वर्षको अन्त्य सम्ममा एनसेलको डाटा सेवा ५८ लाख ५५ हजार ४६४ ग्राहकले लिएका छन् भने १ करोड ४१ लाख ४५ हजार ७५८ ग्राहकले यस कम्पनीकोमोबाईल सेवा लिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij