आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यामरामा कैद भएका इतिहासका सबैभन्दा भयानक संघर्षका कथाहरु

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • ल्याटिन अमेरिकी देश कोलम्बियामा कम्युनिष्ट विद्रोही गुट रिभोलुसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया वा एफएआरसी (जसलाई साधारण रुपमा फार्क भनिन्छ) र सरकारका बिच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

    _91405735_picture2फोटोग्राफर जीसस एबेड कोलोराडो लोपेज ५० वर्षसम्म चलेको यो संघर्षको महत्वपूर्ण २५ वर्षका साक्षी रहेका छन् । उनले थुप्रै महत्वपूर्ण क्षणलाई आफ्नो क्यामरामा कैद गरेका छन् ।

    लोपेजका हजुरबुवा कोलम्बियाको शहर स्यान कार्लोस एन्टिकियामा बस्दथे । यो इलाकाको ला वायोलेन्सिया भनिन्छ । यहाँ दुई राजनीतिक दल लिबरल र कंजरभेटिभमा निकै भयानक लडाईं चल्ने गर्दथ्यो । उनका हजुरबुवा र हजुरआमा एक कन्जर्भेटिभ शहरमा बस्ने लिबरल थिए ।

    _91405739_picture4एक रात समूहमा आएका मानिसहरुले उनको हजुरबुवाको हत्या गरे र सबैभन्दा सानो बच्चाको गला रेटेर हत्या गरिदिए । यो घटनाले स्तब्ध उनकी हजुरआमाले खान पिउन छोडिन् र चार महिनापछि उनको पनि मृत्यु भयो ।

    _91405737_picture3कोलम्बियाको हिंसा र संघर्षलाई कभर गर्ने उनी एक्ला पत्रकार थिए । लोपेजले त्यहाँका मानिसहरुसँग व्यक्तिगत सम्बन्ध बनाए । त्यसकारण त्यहाँका मानिसहरुले उनले हरेक प्रकारको फोटो खिच्ने अनुमती दिए । एनिसीटी त्यहाँका स्थानीय मध्येका एक हुन् जसको आँखा अगाडि श्रीमतीको गोली हानेर हत्या गरियो । सेना र गुरिल्लाहरुले उनलाई श्रीमतीको उपचारका लागि अस्पताल लान दिएनन् । यसकारण उनको मृत्यु भयो ।

    _91405741_picture5_91405869_picture8कोलोराडो लोपेज गोरिल्ला नेताहरु वा सेनाको जनरलहरुको तस्बिर खिच्दैनथे । उनी तल्लो स्तरका लडाकू र सैनिकहरुलाई महत्व दिन्थे । जस्तै यी सैनिक जसको इलाकामा गुरिल्लाले सन् १९९३ को सेप्टेम्बरमा हमला गरेका थिए । हमलामा उनका थुप्रै साथीहरुको मृत्यु भयो तर उनी बाँच्न सफल भएका थिए ।

    _91405871_picture9

    अथवा यी रोइरहेका सैनिक जसको १३ वर्षीया बहिनीलाई बिद्रोहीले हत्या गरिदिए । सैनिकमा काम गर्न बन्द नगरे उनको परिवारको हत्या गर्न सुरु गर्ने धम्की उनलाई गुरिल्लाहरुले दिएका थिए ।

    _91405873_picture10एक अनुमानका अनुसार पछिल्लो केही दशकमा यो संघर्षमा दुई लाख २० हजार मानिसहरु मारिएका छन् । यसमा सर्वसाधारणको संख्या सबैभन्दा धेरै छ ।

    अटोडिफेन्स यूनिडास डी कोलम्बिया (एयूसी) का विद्रोहीहरुले नोभेम्बर सन् २००२ मा १८ वर्षीया युवतीलाई अपहरण गरेर बलात्कार पछि हत्या गरिदिए । उनको हातमा चक्कुले आफ्नो संगठनको नाम लेखेर दिएका थिए ।

    _91406065_picture11

    स्यान जोस डी अपार्ताडोमा सेनाका सहयोगमार्फत अर्धसैनिक बलको तर्फबाट गरिएको नरसंहारपछि गाउँ छोडिरहेका मानिसहरु ।

    _91406069_picture13एन्टीओकियाका एल अरोमा अर्धसैनिक बल पाँच दिनसम्म बसे र त्यहाँका मानिसहरुलाई चरम यातना दिए । उनीहरुले उक्त इलाकाको मुख्य चौबाटोमा १५ जना मानिसहरुको हत्या गरिदिए । स्थानीयलाई १५ जना मानिस मारिएको हेर्न बाध्य बनाइयो । त्यहाँका गाउँमा लूटपाट पछि उनीहरुले आगो लगाइदिए ।

    अर्धसैनिक बल त्यहाँबाट गएपछि त्यहाँ बस्ने मानिसहरुले पनि उक्त गाउँ छोडिदिए ।

    _91406067_picture12चोको प्रानको रिओ सूचीमा गुरिल्लाका विरुद्ध कारवाहीको क्रममा सेनाको तर्फबाट खसाइएको बमले यहाँ खाल्डो बनेको थियो । यो कारवाही पछि करिब ८ हजार मानिसहरु बेघर भएका थिए ।

    _91406071_picture14बिद्रोही र सैनिकको लडाईंमा फसेका यी स्कूलको भित्ताहरुमा गोलीको निशान देख्न सकिन्छ ।

    _91406073_picture15एन्टिओकिया प्रान्तको मेडेलिन शहरमा एक पहाडबाट निगरानी गरिरहेका अर्धसैनिक जवानहरु ।

    _91406205_picture16यहि क्रममा जीसस एबेड कोलोराडो लोपेजको परिवारले पनि निकै नोक्सानी व्यवहोर्नु पर्यो । उनको एक भाइलाई सेनाले गायब गरिदियो जबकी एकलाई फार्कले अगुवा गरेर हत्या गर्यो ।

    _91406209_picture18आफ्नो दुधे बालकका साथ घर फर्किएका बिस्थापित बासिन्दा । यी व्यक्तिले गुरिल्ला र अर्धसैनिक बलले कारवाही गरी बाध्यतावश आफ्नो घर छोड्नु परेको थियो र केही महिनाका लागि विस्थापित हुनु परेको थियो ।

    _91406211_picture19यी फोटोमार्फत मानो लोपेज भन्न चाहन्छन्, ‘नबिर्सिउ, याद राख, शोक मनाउ र न्याय हाँसिल गर ।’

    तर…. आशा अझै बाँकी छ !

    _91455301_picture1फोटोग्राफर जीसस एबेड कोलोराडो लोपेजको जन्म कोलम्बियाको मेडेलिनमा भएको थियो । उनले एल कोलम्बियानो अखबारका लागि सन् १९९२ देखि २००१ सम्म काम गरे । उनले ‘मिरर डे ला विडा प्रोफन्डा’ अर्थात ‘समृद्ध जीवनमा एक नजर’ नामको किताब लेखे । उनको यो तस्बिर एक बालकले खिचेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij