आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सम्बन्ध विच्छेदपछि अरबाजले खेदो खने मलाइकाको, उनले पनि दिइन् यस्तो जवाफ

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • बलिउडका फिल्म निर्माता/निर्देशक अरबाज खान र उनकी श्रीमती मलाइका अरोडा खानको विवाह टुटेको खबर लामो समयसम्म मिडियामा चर्चित बनेको थियो । यसैबिच दुबैले सम्बन्धविच्छेद र पुनः सँगै बस्न सुरु गरेको खबर पनि छाएको थियो । यद्यपी, यी अड्कलबाजीका बिच अरबाज आफैंले आफूहरु छुट्टाछुट्टै बसिरहेको स्पष्ट पारेका छन् । उनीहरुले दुबैले सोसल मिडियामा एक–अर्कालाई टार्गेट गर्न सुरु गरेका छन् । यद्यपी, यी दुबैले एक अर्काको नाम लिएका छैनन् तर इशाराले नै धेरै कुरा गरेका छन् ।

    भर्खरै अरबाजले इन्स्टाग्राममा एउटा पोष्ट सेयर गरेका थिए जसमा लेखिएको थियो, ‘मलाई थाहा थिएन कि म यति बलियो छु । मैले एउटा यस्तो व्यक्तिलाई माफी दिएँ जसलाई आफ्नो गल्तीको कुनै पछुतो छैन र यहाँसम्म कि उसले अहिलेसम्म मलाई माफी मागेको छैन ।’

    मलाइकाले दिइन् यस्तो जवाफः
    अरबाजको यो पोष्टको करिब एक घण्टा पछि मलाइकाले पनि अरबाजलाई जवाफ दिँदै इन्स्टाग्राममा एउटा पोष्ट सेयर गरेकी छिन् । यसका उनले लेखेकी छिन्, ‘यदि तपाईंले कसैलाई पटक–पटक मौका दिनुहुन्छ भने उनले तपाईंको इज्जत गर्न छोड्छ । उनले तपाईंले बनाएको स्ट्यान्डर्डलाई नजरअन्दाज गर्न सुरु गर्छ किनभने उसलाई थाहा छ कि तपाईंले उनलाई अहिले पनि मौका दिनुहुन्छ । उनलाई तपाईंले छोड्नुहुन्छ कि भन्ने डर लाग्दैन । उल्टै उनलाई यस्तो लाग्छ कि यसो भएमा कुनै विशेष असर पर्नेछैन । उनी कम्फोर्ट जोनमा जानेछन् किनभने उनलाई फेरी पनि लाग्छ कि उनलाई माफी दिइनेछ । कुनै पनि व्यक्तिले यदि तपाईंको इज्जत गर्दैन भने यस्तो मानिसलाई सहज हुने मौका कहिले पनि नदिनुहोस् ।’

    २३ वर्ष अगाडि विवाह भएको मलाइका र अरबाजको छोरा अरहान १३ वर्षका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij