प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३
भारत प्रशासित जम्मू । कश्मिरको हंदवाडास्थित सैनिक क्याम्पमा हमला भएको छ ।
समाचार एजेन्सी पीटीआईले सेनाको एक अधिकारीलाई उद्धृत गर्दै सो कुराको जनाउँदै भन्यो, ‘बिहान करिब ५ बजे कुपवाडा जिल्लाको लांगेटमा रहेको सैनिक शिविरमा गोलीबारी भएको थियो ।’
उनका अनुसार करिब २० मिनेट चलेको गोलीबारीमा कसैको पनि हताहत नभएको खबर छ ।
अधिकारीको भनाई अनुसार सेनाका सर्तक जवानले हमलालाई विफल बनाएको छ । हमला भएको स्थानमा सघन खोजी अभियान जारी रहेको उनले बताएका छन् ।
पीटीआईले पुलिसलाई हवाला दिँदै भनेको छ, ‘यो एक चरमपन्थी हमला हो ।’
उरीमा सैनिक शिविरमा गत सेप्टेम्बर १८ तारिखमा भएको आतंकवादी हमला पछि भारत प्रशासित कश्मिर सैनिक शिविरमा हमला भएको यो दोस्रो हो ।
सोमबार बिहान बारामूला सैनिक शिविरमा हमला भएको थियो । यसमा एक सेनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका थिए ।
उरी हमलापछि भारत र पाकिस्तानबिचको सम्बन्धमा थप दरार पैदा भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij