आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गस्तीमा रहेका दुई पुलिसले नै पसलमा चोरी

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • भारत । भारतको झारखण्डको गिरीडीहको एक पसलमा दुई पुलिसकर्मीहरुले चोरी गरिरहेको दृश्य सार्वजनिक भएपछि उनीहरुलाई निलम्बित गरिएको छ ।

    गिरिडीहका पुलिस अधिकारी अखिलेश वी वारियरले उनीहरुलाई निलम्बन गरिएको पुष्टि गर्दै दुबै जवानका विरुद्ध स्थानीय नगरमा जाहेरी दर्ता गरेको बताएका छन् ।

    टुंडी रोडस्थित कागजको एक पसलमा शटर तोडेर चोरी गर्ने कोसिस गरेको घटनाबारे पुलिस थानालाई जानकारी दिइएको थियो । पसलेले ४ सय रुपैयाँ चारी भएको मुद्दा दर्ता गराएका थिए । छानबिनका लागि सीसीटीभी फुटेज जाँचियो । पुलिस अधिकारीका अनुसार टाइगर मोबाइल अन्र्तगतका दुई जवान राती नगर थाना क्षेत्रमा गस्तीमा थिए ।

    पुलिसको भनाई अनुसार प्रारम्भिक रुपमा फुटेजमा टाइगर मोबाइलको एक जवानले पैसा निकालिरहेको देखिएको छ । छानबिनका क्रममा यो पत्ता लाग्यो कि जब चोर सटर तोडेर भागे त्यसको करिब डेढ घण्टापछि पुलिसका जवान त्यहाँ पुगे र चोरी गरे ।

    पछिल्ला केही दिनमा झारखण्डमा पुलिसकर्मीहरु आपराधिक र हिंसाजन्य घटनामा संलग्न भएका कम्तीमा दर्जन घटना सार्वजनिक भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij