आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

५२ वर्ष लामो युद्ध अन्त्य गर्ने कोलम्बियाका राष्ट्रपतिलाई नोवेल शान्ति पुरस्कार

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • ओस्लो । यस वर्षको नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोष दिइएको छ ।

    सो कुराको जानकारी नोवेल पुरस्कार छनोट समितिले शुक्रबार दिएको हो । नर्वेको राजधानी ओस्लोमा रहेको उक्त समितिले सो जानकारी गराएको बताइएको छ ।

    कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उनलाई सो पुरस्कार दिइएको जनाइएको छ ।

    प्राप्त जानकारीअनुसार कोलम्बियामा विगत लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यका लागि कोलम्बियाली राष्ट्रपति सातोषको योगदान महत्वपूर्ण रहेको सो पुरस्कार छनोट समितिले जनाएको र सो पुरस्कार प्रदान गरिएको पनि जानकारी दिएको छ ।

    कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया ९फार्क० विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको अन्त्यका लागि भन्दै गत महिनामात्र अघि शान्ति सम्झौता भएको थियो ।

    त्यस शान्ति सम्झौताका लागि राष्ट्रपति सान्तोषले अह्म भूमिका खेलेको बताइएको छ । उनको सो भूमिकाका कारण नै यस सम्झौता र शान्तिको सार्थक प्रयास सम्भव भएको बताइएको छ ।

    सो शान्ति सम्झौतापछि विद्रोहीहरु देशमा दिगो शान्तिका लागि तयार रहेको बताइएको छ । तर गत हप्तामात्र सो शान्ति सम्झौताको अनुमोदनका लागि भन्दै गरिएको जनमत सङ्ग्रहमा नागरिकले भने त्यसको अनुमोदन गर्न मानेका थिएनन् ।

    कोलम्बियाली नागरिकले उक्त शान्ति सम्झौतामा विगत लामो समयदेखि हत्या र हिंसा मच्चाइरहेका विद्रोहीलाई आममाफी दिनेजस्ता विषय प्रस्ताव गरिएको भन्दै उक्त सम्झौतालाई अनुमोदन नगर्ने पक्षमा जनमत दिएका हुन् ।

    जनमत सङ्ग्रहको यो परिणामपछि आगामी दिनमा अब शान्तिको प्रयास के कसरी अघि बढ्छ भन्ने बारेमा भने केही बताइएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij