प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३
भारत प्रशासित कश्मिरको दक्षिणी जिल्ला शोपियांमा चरमपन्थी हमलामा तीन घाइते भएका छन् ।
बीबीसी संवाददाता रियाज मसरुरले पुलिसको हवाला दिँदै चरमपन्थीहरुले जामनगरीमा कश्मिर पीडितको शिविरमा गार्ड पोष्टमा हमला गरेको बताए ।
यो हमला शुक्रबार राती १० देखि १०ः१५ को बिचमा गरिएको बताइएको छ । हमलापछि चरमपन्थी भाग्न सफल भएको स्रोत बताउँछ ।
पुलिसका अनुसार घाइते भएका मध्ये दुई पुलिसकर्मी र एक कश्मिरी पिडित रहेका छन् । यी सबैको स्थिती स्थिर रहेको बीबीसीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij