शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज अष्टमी, माताको भव्य पूजा

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • जलेश्वर । आज आईतवार अष्टमीको दिन माता कालरात्रीको पुजा गरिँदैछ । जलेश्वरको राजदेवी,संसारीमाई स्थान,जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेकी माता त्रिशुली र जलेश्वरको दुर्गाचोक र शंकरचोकमा स्थापित शक्ति पिठहरुमा माताको दर्शन गर्न हजारौको भिड लागेको छ ।

    जलेश्वरसँगै मटिहानी,पिपरा,सोनामाई,बथनाहामा समेत भक्तजनको घुईचो लागेको छ । सप्तमीदेखि नै यहाँ बलि समेत दिने गरिएको छ । आजै जलेश्वरको राजदेवी मन्दिर लगायतका शक्तिपिठहरुमा हजारौँको संख्यामा बलि दिइनेछ ।

    यसपाली भने केहि स्थानमा मुर्ती सजावट, मेला व्यवस्थापन लगायतमा केहि नयापन समेत देखिएको छ । जलेश्वरको दुर्गाचोकमा निर्माण गरिएको मुर्तीमा कुनै वाह्य सजावट गरिएको छैन । दरभंगाका कारिगरले माताको सम्पुर्ण श्रृगांर माटो र पेन्टबाटै गरेका छन । यहा बुधवार धार्मिक सांस्कृतिक नृत्यको साथै खुल्ला दिशामुक्तको लागि समेत सचेतना फैलाईने दुर्गा पुजा कमिटिका अध्यक्ष शिवचन्द्र चौधरी बताउँछन् ।

    त्यस्तै जलेश्वरमा मेलामा रौनकता ल्याउन शंकरचोक स्थित दुर्गा पुजा समितिले दशमीका दिन रावण वध गरिने आयोजक समितिले जनाएको छ । यता मटिहानीमा कलश यात्राका दिन नाच्ने घोडा ल्याईएको थियोे भने विसर्जनका दिन हात्ती ल्याईने स्थानीय तथा नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व सभापति हरि प्रसाद मण्डलले जनाएका छन । साथै बथनाहा(मरुवाही) र पिपरा लगायतका महोत्तरीका विभिन्न स्थानमा वडो धुमधामका साथ माताको पूजा गरिन्छ ।

    त्यसतै दुर्गापुजाको समय झिँझियाको समेत अति महत्व रहेको छ । विगतभन्दा महोत्तरीमा झिझिया खेलिने क्रम घटेपनि केहि स्थानमा भने झिझिया नृत्य अझै विस्थापित भएको छैन । जलेश्वर नगरपालिकाका वडा नं. ५,२,४ र १३ नं. वडाहरु तथा विभिन्न ग्रामिण भेग र क्षेत्रहरुमा झिझिया नाच यसपाली पनि खेलिँदैछ । झिझिया नाचको समुहमा ८ देखि २५ जनासम्मको समुहमा खेलिने गरिएको जलेश्वर १३ कि झिझिया नाँच समुहीक राम दुलारी देवी पासमान बताउँछिन् । उनका अनुसार विगतहरुमा झिझिया नाचलाई विशेष ग्राहयता दिने गरिएपनि हाल भने पूजा व्यवस्थापन समितिहरुले झिझिया नाच्नेहरुलाई खासै महत्व नदिँदा या लोप हुने अवस्थामा पुगेको उनी बताउँछिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij