आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत र पाकिस्तान ‘पर्ख र हेर’ को नीतिमा

  • प्रकाशित मिति : आइतवार, अशोज २३, २०७३



  • भारतले सेप्टेम्वर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि वढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन् । जुनसुकै बेला दुई देशको बीचमा युद्ध हुनसक्ने भय र त्रास हटेको छैन् । दुवै देश पर्ख र हेरको रणनीतिमा रहेका छन् ।
    दुवै देशका सैन्य अधिकारीहरु द्वन्द्वलाई थप कम गर्न आपासमा सम्वादमा रहेको भनिएपनि सम्भावित युद्धका लागि दुवै देश तयारी अवस्थामा छन् । भारतीय अधिकारीहरुले आफ्नो तर्फबाट अब कुनै पनि प्रकारको आक्रमण नगर्ने तर पाकिस्तानी पक्षबाट कुनै आक्रमण भएमा त्यसको प्रतिकार गर्ने बताईरहेका छन् । एकाथरीको वुझाई भने आगामी हप्ता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनसम्म दुवै पक्ष संयमता अपनाएको र त्यसपछि दुई सिमानामा तनावको अवस्था सिर्जना हुन सक्छ ।
    आगामी नोभेम्वरमा पाकिस्तानमा सैन्य प्रमुखको म्याद सकिदैछ । भारतीय संचारमाध्यमहरुका अनुसार पाकिस्तान सरकारले सेनाको म्याद नथपेमा तत्काल युद्धको सम्भावना रहने छैन तर सैन्य प्रमुखको म्याद थपिएमा यसले पाकिस्तान भारतसंगको दीर्घकालिन द्धन्द्धको तयारीमा रहेको सन्देश दिने छ ।
    एकातर्फ दुई देशको बीचमा युद्धको भय टरिसकेको छैन भने अर्काेतर्फ आगामी हप्ताहरुमा भारतमा आतंवादी आक्रमणहरु हुन सक्ने सरकारी अधिकारीहरुलाई उद्धृत गदै सरकारी संचारमाध्यमहरुले बताईरहेका छन् । आतंकवादी आक्रमण हुनसक्ने आशंका भारतले सर्वसाधारणमा जनचेतना जगाई रहेको छ । भने सुरक्षालाई कडा बनाइएको छ ।
    दुवै देशले आफ्नो सिमानाका नागरिकलाई सुरक्षित स्थानमा सारेका कारण युद्धको सम्भावनालाई भने नकार्न सकिदैन् । भारतको वुझाई दुई देशकोबीचमा युद्ध नभएपनि पाकिस्तानको समर्थन प्राप्त आतंककारी समूहले भारतमा जुनसुकै बेला आक्रमण गर्न सक्ने सम्भावना बढेको छ ।
    तर दुवै देशमाथि  युद्धमा नजान आन्तरिक र कुटनीतिक दवाव तिव्र छ । अमेरिका, चीन, रसिया लगायतका मुलुकले सर्जिकल आक्रमणलाई कम महत्व दिएपनि दुवै देशलाई युद्धमा नजान दवाव दिईरहेका छन् । केही भारतीय नेता तथा संचारमाध्यमहरु युद्धको पक्षमा आक्रामक देखिएपनि युद्धमा जान नहुने ठूलो मत छ । तर सर्जिकल आक्रमणको पक्षमा भने भारतमा एक मत रहेको थियो ।
    पाकिस्तानको राजनीतिक नेतृत्व पनि तत्काल युद्धमा जाने मुडमा छैन तर त्यहाँको सैनिक नेतृत्वको धारणा भने स्पष्ट छैन् ।  अमेरिकाका लागि पाकिस्तानी राजदुत जलिल अव्वास जिलानीले भारत र पाकिस्तानको लायि युद्ध विकल्प नभएको र दुवै देशले काश्मिर लगायत सवै समस्या संवादमार्फत नै समाधान गर्नुपर्ने बताएका छन् ।
    उनले अमेरिकामा पत्रकारहरुसंग वोल्दै उनले आणविक शक्ति सम्पन्न दुई मुलुकको लागि युद्ध कुनै विकल्प हुन नसक्ने बताए । त्यसैगरी तत्काल युद्धमा गएका दुवै देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित नै छ । अहिले पनि कतिपय भारतिय वस्तुहरु पाकिस्तान निकासीमा समस्याहरु देखा परिसकेका छन् । यदि युद्ध भई हालेमा त्यसको सवैभन्दा ठूलो असर खुला सिमानाका कारण नेपाललाई पर्ने निश्चित प्राय छ ।
    भारतले भने सर्जिकल आक्रमणको पक्षमा आफूले अन्तर्राष्ट्रिय समुदायको समर्थन पाएको दावी गरिरहेको छ । त्यसगरी सार्क सम्मेलन स्थगित गरेर पाकिस्तानलाई एक्लो पारेको भारतको वुझाई रहेको छ । आगामी हप्ता गोवामा हुने ब्रिक्स सम्मेलनमा सार्कका धेरै मुलुकका प्रतिनिधी सहभागी हुने तर पाकिस्तान सहभागी नहुने भएकाले त्यसले पनि पाकिस्तान एक्लो भएको सन्देश जाने समाचारहरु भारतिय संचारमाध्यमहरुले सम्प्रेषण गरिरहेका छन् । भारतको योजना भने पाकिस्तानमाथि थप कुटनीतिक दवाव सिर्जना गरेर आवश्यक परेमा फेरी सर्जिकल आक्रमण गर्ने रहेको छ । भारत र पाकिस्तानको बीचमा युद्धको सन्त्रास रहिरहँदा भारतमा रहेको पाकिस्तानी तथा पाकिस्तानमा रहेका भारतीय नागरिकहरुले भने असुरक्षाको महशुश गर्न थालेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij