प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३
भारतीय सेनाले गरेको आक्रमणमा पाकिस्तानकामा २० जनाको मृत्यु भएको छ ।
भारतीय प्रशासित काश्मिरको उत्तरी क्षेत्रमा भएको आक्रमणमा पाकिस्तानकामा सक्रिय विद्रोही समूह लस्कर ए तोयबाका २० सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
लस्कर ए तोयबाले भारतीय सेनाले आक्रमण गर्ने सोच्दै नसोचेका खबर छ । आक्रमणपछि उनीहरु पाकिस्तानी क्षेत्रतिर भागेका थिए ।
भारतीय सेनाले यसलाई सफलताको रुपमा लिएको छ । पाकिस्तानी सेनाले कम्तिमा पनि १० जना विद्रोही मारिएका जनाएको छ ।
सबैको शव पाकिस्तानी सेनाले लगिसकेको समाचारमा उल्लेख छ । पछिल्ला दिनमा भारत र पाकिस्तान बीचको तनाव बढ्दै गएका बेला भारतीय पक्षले पाकिस्तानमा सक्रिय समूहलाई यसरी पहिलोपटक आक्रमण गरेको हो ।
त्यस्तै, भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबीच भिडन्त भएको छ । सोमबार बिहान पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भएको हो ।
भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय समाचार संचार माध्यमले जनाएका छन् ।सरकारी भवनमा लुकेका दुई वा तीनजना बिद्रोहीले सुरक्षाकर्मीमाथि गोली चलाएको भारतीय सेनाले जनाएको छ ।
सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ । आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ।
श्रीनगर-जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्ट् इन्स्टिच्युडको यो भवनमा गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए ।
त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij