आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तरी बग्दादमा आत्मघाती विस्फोटमा पैँतीसजनाको मृत्यु, त्रिसट्ठी घाइते

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • बग्दाद (इराक) ।  इराकको राजधानी बग्दादबाट उत्तरमा अवस्थित साव इलाकामा अन्त्येष्टि समारोहमा गराइएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको इराकी प्रहरी तथा स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

    तर एक अर्का सुरक्षाकर्मीले घटनामा करिब ५० जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएको आफ्नो नाम नखुलाउने सर्तमा बताए ।

    घटनाको इस्लामिक स्टेट (आइएस)ले जिम्मेवारी लिएको छ । आइएसको इराकस्थित अमाक न्यूज एजेन्सीले बताएअनुसार इराकी सेनाले आइएस नियन्त्रित मोसुल सहरमाथि धावा बोल्ने तयारी गरिरहेका बेला चेतावनीस्वरुप उक्त विस्फोट गराइएको हो ।

    पछिल्ला महिनामा आइएसले सरकारी सेनालाई लक्षित गरी साना ठूला गरी गराएका विस्फोटमा सैनिक अधिकारीसहित दर्जनौँ इराकी नागरिकले ज्यान गुमाएका छन् ।

    तर यस वर्षको जुलाईमा विद्रोहीले गराएको विस्फोटमा ३०० जनाको मृत्यु भए पनि त्यसपछि भने विद्रोहीको आक्रमणबाट सेनातर्फ शनिबार पहिले नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij