आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धार्मिक र आयुर्वेदिक महत्वको रुद्राक्षको माग बढ्दो

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • म्याग्दी  । हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ ।

    धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको छ तर, औषधिका रुपमा पनि यसको प्रयोग हुन्छ भन्ने विषयमा अधिकांश मानिस अनभिज्ञ छन् ।

    रुद्राक्ष धारण गरे विभिन्न प्रकारका रोगबाट मुक्ति पाउन सकिने भएकाले यसलाई आयुर्वेदमा दिव्य औषधि समेत भन्ने गरिएको हो । रुद्राक्ष अलौकिक गुणले सम्पन्न भएकाले वनस्पतिको ‘मणि’ भनेर यसको उपयोगिता बहुमूल्य रत्न, हीरा, पन्ना र मोतिभन्दा कम महत्व नरहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    वनस्पति शास्त्रमा रुद्राक्षको बोट उभ्रासन एलियोकार्पसी वंशअन्तर्गत पर्ने जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटाले बताए। महादेवको अर्को नाम रुद्र पनि हो । भगवान् महादेवको अश्रु पृथ्वीमा खसेपछि जुन बोटको उत्पत्ति भयो त्यसको नामाकरण रुद्राक्ष गरिएको धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख गरिएको छ । रङ्गभेदको आधारमा रुद्राक्ष चारजातिको हुने गरेको धार्मिक ग्रन्थ विद्येश्वर संहितामा उल्लेख गरिएको छ । उक्त संहिताका अनुसार रुद्राक्ष सेतो, रातो, पहेँलो कालो गरी चार रङका हुन्छन् । देवी भागवत पुराणमा ३८ प्रकारका रुद्राक्षका बारेमा वर्णन गरिएको रुद्राक्ष र शालिग्रामका अध्येता पण्डित रंगराज शास्त्रीले जानकारी दिए ।

    अधिकांश बोटमा पाँचमुखे फल्छन् भने अन्य प्रकारका रुद्राक्ष नगण्य रुपमा फल्ने गरेको बताइन्छ । वर्षायाममा फल लाग्न सुरु भएपछि कात्तिक महिनामा यो पाक्छ । फलको भित्री भागलाई रुद्राक्ष भनिन्छ । नेपालमा उच्चकोटीको रुद्राक्ष उत्पादन हुने गरेको माहात्म्य नामक पुस्तकमा उल्लेख गरिएको छ ।

    धार्मिक पुस्तकमा रुद्राक्षको बोटलाई पञ्चाङ्गका रुपमा वर्णन गरिएको छ । जसअनुरुप मूल, पुष्प, फल, शाखा र पात यी सबैको धार्मिक कृत्य तान्त्रिक अनुष्ठान र रोग उपचारमा प्रयोग गरिन्छ । रुद्राक्षको धारण गर्नाले नै कतिपय रोग निको हुने आयुर्वेदका चिकित्सकले बताएका छन् । महिलाले छ मुखे रुद्राक्ष धारण गरेमा हिस्टोरिया, मुच्र्छारोग निको हुने चिकित्सकले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij