आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कश्मिरमा भइरहेको अत्याचार लुकाउन भारतले ब्रिक्सलाई दिग्भ्रमित पार्दैछ : पाकिस्तान

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • इस्लामाबाद  । पाकस्तिानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ब्रिक्स राष्ट्रहरुलाई दिग्भ्रमित पार्ने प्रयास गरेको अरोप लगाउँदै जम्मु र कश्मिरमा भइरहेको अत्याचारलाई लुकाउन ‘भरपुर’ प्रयास गरिरहेको आरोप लगाएको छ । गत जुलाईदेखि कश्मिरमा शुरु भएको हिंसामा ८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

    ‘भारत नियन्त्रिण कश्मिरमा आत्मनिर्णयको अधिकार माग्ने जनतामाथि भारतले नरसंहार गरिरहेको छ,’ सोमबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफका विदेश नीतिसम्बन्धि सल्लाहकार सरताज अजिजले बताएका छन् ।

    ‘पाकिस्तान बिना कुनै भेदभाव आतंकवाद, पाकिस्तानको भूमिमा भइरहेको भारतद्वारा प्रायोजित आतंकवादसहित, बिरुद्ध लड्न ब्रिक्स र बिम्सटेकका राष्ट्रहरुसँगै आफ्नो प्रतिबद्धता व्यक्त गर्दछ,’ उनको वक्तव्यमा उल्लेख छ ।

    मोदीले सम्मेलनका दौरान पाकिस्तानलाई विश्वभरको ‘आतंकवादको जननी’ भनेर बताएपछि पाकिस्तानको तर्फबाट कडा वक्तव्य आएको हो ।

    सम्मलेनमा मोदीले ब्राजिल, रसिया, चीन र दक्षिण अफ्रिकालाई आतंकवादविरुद्ध एकजुट हुन र पाकिस्तानलाई लक्षित गर्दै क्रस ब्रोडर आतंकवादविरद्ध लड्न आग्रह गरेका थिए ।

    गत सेप्टेम्बर १८ मा जम्मु र कश्मिरमा रहेको आर्मीको बेसमा भएको आतंकवादी हमलामा १९ जना भारतीय सैनिक मारिएपछि दुई देशबीच तनाव बढेको छ । भारतले पछि पाकिस्तानी भूमिमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो ।
    पाकिस्तानले उरीमा भएको उक्त हमलामा आफ्नो कुनै हात नरहेको र भारतले सर्जिकल स्ट्राइक नगरेको दाबी गर्दै आइरहेको छ ।

    अजिजले वक्तव्यमा संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्त र अर्गनाइजेसन अफ इस्लामिक कोओपरेसनसँग कश्मिरमा भइरहेको अत्याचारबारे छानविन गर्न टोली पठाउन समेत माग गरेका छन् ।

    अजिजले पाकिस्तानी भूमिमा भइरहेको आतंकवादलाई सहयोग गरिरहेको आरोप भारतमाथि लगाउँदै ऊसँग आतंकवादविरुद्ध कुरा गर्ने र कसैमाथि औँला उठाउने नैतिक धरातल नभएको दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij