आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यानमारमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • याङ्गुन । गत शनिबार मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको यहाँको सञ्चारमाध्ययमले बिहीबार जनाएका छन् ।

    अझै दर्जनौं मानिस बेपत्ता भएको हुनसक्ने आशङ्कामा उद्धार कार्यलाई जारी राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

    सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेको बताइएको छ । शनिबार बिहानै भएको यस दुर्घटनाबाट १५९ व्यक्तिलाई भने उद्धार गरिएको छ । म्यानमारको मोनिवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने जलक्षेत्रमा सो दुर्घटना भएको र ज्यान गुमाउने ५५ जनामध्ये अधिकांश अर्थात् ४३ जना महिला रहेको स्थानीय प्रशासनले जनाएको छ ।

    डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी, करिब ३० जना शिक्षक केही चिकित्सक र अन्य व्यक्ति रहेका थिए ।

    सो दुर्घटनाबाट बाँच्न सफल भएकी छोरा र श्रीमान्लाई गुमाएकी प्रत्यक्षदर्शी एक शिक्षिकाले डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखेकोले डुङ्गा डुबेको दाबी गरिन् ।

    म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनुले बारम्बार दुर्घटनाका कारण बन्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij