आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानमा रत्नजित र नङशललाई स्वर्ण

  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३



  • काठमाडौँ   ।  पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले स्वर्ण जितेका छन् ।

    शुक्रबार अबेर राति भएको फाइनलमा रत्नजित र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलाएको नेपाल ब्याडमिन्टन सङ्घका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिए ।

    नेपाली ब्याडमिन्टनको इतिहासमा कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म स्वर्ण जितेका छैनन् । यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए ।

    त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि थियो । नङशलले महिला सिङ्गल्समा पनि काँस्य पदक जितिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij