प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३
काठमाडौ । हेवी ईक्वीपमेन्ट बजारमा अग्रणी स्थान ओगट्न सफल आईडिएमसीले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ । यो एक्साभेटर चिनको एक्सीएमजी ब्राण्डकोे हो ।
२१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जीनका साथै जापानीज कावाशाकी कम्पनिद्धारा निर्मित हाईड्रोलिक्स जडान गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा यो मेशिन बिक्रीको अबसरमा सबै खरिदकर्ताको एक जोडीलाई कम्पनीको प्mयाक्ट्री अवलोकन सहित ५ रात ६ दिनको चीन भ्रमणको अवसर समेत उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुबेदीले जनाए ।
यो योजना १५ नोभेम्बर २०१६ सम्म लागु हुने जनाइएको छ । यो एक्साभेटरको बजार मुल्य ८५ लाख रुपैयाँ छ ।
हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक रहेको कम्पनीले जनाएको छ । यो चाईनामा सबैभन्दा धेरै बिक्री हुने हेवी ईक्वीपमेन्ट ब्राण्ड हो ।
बिक्री पछिको सेवा संभारका लागि कम्पनीले भक्तपुरको सानोठिमीस्थित आप्mनै मर्मत सम्भार केन्द्रको स्थापना गरि चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराएको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij