आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेकअप बिनाकी श्रीमती पहिलो पटक देखेपछि श्रीमानले गरे ‘डिभोर्स’

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • हेडलाइन पढ्दा अचम्म र अपत्यारिलो लाग्यो होला तर यो वास्तविक हो । संयुक्त अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् ।

    यो अचम्मको घटना मनोचिकित्सक डा. अब्दुल अजिज असफले बताएका हुन् । उनको दाबी अनुसार २८ वषीया एक महिलाले आफ्नो अप्रत्याशित सम्बन्धविच्छेद पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लिनिकमा सम्पर्क गरेकी थिइन् । असाफले ती महिलाको नाम सार्र्वजनिक गरेका भने छैनन् तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको सम्बन्धमा रहेको भने जानकारी दिए ।

    सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मेकअप नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार देख्दा उनले चिन्न नसकेको असफले बताए । उनका श्रीमानले उनलाई कस्मेटिकको अत्यधिक प्रयोग गरी आफूलाई झुक्याएको, नक्कली परेला हालेको र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आरोप लगाउँदै उनीसँग सम्बन्धविच्छेद गरेको असफले बताए ।

    गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बिनाको अनुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्विमिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप पखालेको र उनका श्रीमान त्यसभित्रको अनुहार देखेर छक्क परेको स्रोतले दाबी गरेको छ ।

    ‘यस घटना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र उनीसँग कहिले पनि पुर्नमिलन नगर्ने घोषणा गरेका छन्,’ डा. असाफले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij