आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नवलपरासीमा अाैद्योगिक व्यपार मेला हुँदै

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३



  • परासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ ।
    कृषि, पर्यटन, उद्योग व्यापार एवं सुचना प्रविधिको वृहद प्रदर्शनी गर्ने उद्देश्यले अद्योगिक व्यपार मेलाको आयोजना हुन लागेको हो ।

    शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै धार्मिक, पर्यटकिय क्षेत्रको विकास गराउने उद्योग वाणिज्य संघ नवलपरासीको उद्देश्य रहेको संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

    औद्योगिक व्यापार मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना प्रविधिका स्टलहरु रहने बताइएको छ ।

    नवलपरासी शान्तिीका अग्रदुत भगवान गौतम बुद्धको मावली पन्डितपुर र विश्वमा एक मात्र स्थानमा सुरक्षित रहेको अष्टधातु रामग्राम स्तुप जस्तो ऐतिहासिक धार्मिक स्थल भएको हुनाले मेलाका मुख्य आकर्षण बुद्ध गौतमको आमा माया देविको मन्दिर आकारको मुख्य प्रवेशद्धार रहने छ भने सुचना प्रविधि (आईटी,) कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान लगायत मेलाको सहायक आकर्षण रहने संघले बताएको छ ।

    मेला आगामी मंसिर २३ गतेदेखि पुष ३ गते सम्म संचालन रहने छ । मेलामा कृषि, पर्यटन, उद्योग व्यपार, सुचना प्रविधिको गरि ३ सय स्टलहरु रहने छन् । मेलामा नेपाल भारतका गरि करिब ३ लाख दर्शकहरुले मेला अवलोकन गर्ने छन् भने मोलबाट करिब ७ करोडको आर्थिक कारोबार हुने संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij