प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार ५ जनाको मृत्युभएको छ ।
ट्वीटन प्रप मेट्रोलाइनर मोडलको सानो विमान स्थानीय समयअनुसार विहान ७ बजेर ३० मिनेट जाँदा उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियो ।
लिबियाका लागि उडेको उक्त विमानमा रहेका यात्रुहरुको परिचय भने खुलाइएको छैन ।
माल्टा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुले विज्ञप्ति जारी गर्दै मृतकहरुको संख्याको पुष्टि गरेको हो ।
प्रत्यक्षदर्शीका अनुसार उडान भर्ने बित्तिकै विमान एकतर्फ फर्किँदा सिधा जमिनमा खसेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij