प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३
सेप्टेम्बर महिनामा विवादित कश्मीरको नियन्त्रण रेखा पारिबाट भारतले चरमपंथी ठेगानामा गरेको ‘सर्जिकल स्ट्राइक’ को समाचार प्रचार प्रसारमा छायो । त्यो भन्दा केहि दिन पहिला पनि चरमपंथीहरुले भारत प्रशासित कश्मीरमा सेनाको एक क्याम्पमा हमला गरेका थिए । जसमा १९ जना सेना मारिएका थिए । भारतले यसको लागि पाकिस्तानलाई दोष दियो । त्यसपछि दुइ देशबीच तनाब बढ्यो ।
भारतीय समर्थकको भनाइ थियो कि फौजी कारवाहीले पाकिस्तालाई सबक सिकाइयो । जसको आवश्यकता धेरे पहिलेबाट नै थियो । तर, पाकिस्तानले यसलाई एक भ्रम भन्यो ।
भारत ‘सर्जिकल स्ट्राइक’ शब्दको प्रयोग गरिरहेको छ त उसले चरमपंथीको ठेगानामा विमानद्धारा कमाण्डो उतारेको थिएन । नत पाकिस्तान प्रशासित क्षेत्रमा धेरै भित्र गएर कुनै जमिनी कारवाही गरेको हो । तर भारतीय सेनाले लाइन अफ कन्ट्रोल पार गरेका थिए । केही मामलामा पाकिस्तानी बोर्डर पोस्टमाथि हमला गर्न एक किमी भित्र सम्म गएका थिए ।
पाकिस्तानी प्रहरी अधिकारी निजी रुपमा यो मान्छन् कि पुंछ सेक्टरको मदारपुर तितरिनौत क्षेत्रमा हमला भएको थियो । यो श्रीनगरको पश्चिममा हो । हमलामा एक पाकिस्तानी सेना मारिएका थिए ।
लेपा घाटीका नागरिकले भने –भारतीय सेना नियन्त्रण रेखा पार गरेर आएका थिए । मुंदाकली गाँउ अगाडिको क्षेत्रमा सेना तैनाथ भएका थिए । त्यहि नजिकको तीन पाकिस्तानी चौकिलाई निसाना बनाएका थिए । स्थानीय नागरिकले भने–कि यस कारवाहीहमा चार पाकिस्तानी सेना घाइते भए । यो कारवाही विहान पाँच देखि आठ बजेसम्म चलेको थियो ।
भारतीय सेनाबाट यस्तो कारवाहीको कोशिस नीलम घाटीको दुधनिआल क्षेत्रमा पनि भएको थियो । तर, पाकिस्तानीले रोकेर पछाडि फर्काउन सफल भए ।
हमलामा एक पाकिस्तानी सेना घाइते भए । एक सेना मारिएको खबरको भने बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेन । पाकिस्तानी सेनाले यी कारवाहीलाई नियमित गोलीबारी भन्दा बढी केहि नभएको बतायो । यद्यपि उसको भनाइ छ कि पहिलेका भन्दा यो कारवाही धेरै व्यवस्थित तरिकाले गरेको थियो । अधिकारीको भनाइ छ कि हमलामा दुई सेना मारिएका थिए । एक पुंछमा र अर्को भीमबेर सेक्टरमा ।
पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले भनेका थिए, कारवाहीमा नौ जना सेना घाइते भएका थिए । अधिकारीको भनाइ छ, भारतीय सेना पहाडी क्षेत्रमा बिना कुनै नोक्सान हमला गर्न सक्दैन । उनको नोक्सान नभएर फिर्ता जान सम्भव छैन । अपरेशनमा हेलिकप्टर प्रयोग गर्न सहज थिएन कि न कि एक त दुर्गम क्षेत्र अर्को पाकिस्तानी सेनाले हेलिकप्टर खसाल्थ्यो ।
दुबै देशका दाबीहरु सावित गर्न कुनै ठोस सबुत छैनन् । सत्य दुबै देशका दाबीकोबीचमा लुकेको छ । जस्तो कि पाकिस्तानी सेनाले जबाब दियो कि कयौ इलाकामा हमला अचानक भएपछि ।
लेपा घाटीका नागरिकको भनाइ छ कि भारतीय सेनाको तर्फबाट पाँच बजे गोलाबारी शुरु भयो । मुंदाकली गाँउमा रहेको पोस्ट र त्यहि नजिक रहेको मस्जिद ध्वस्त बनाए । उनीहरुको भनाइ छ कि एक पाकिस्तानी सेना त्यो समयमा बिहानको नमाजको तयारी गदै थिए । उनलाई गोली लाग्यो र घाइते भयो । पहाडमा भएका दुई पोस्टमा भएका बंकर पूर्ण रुपमा ध्वस्त बनाए । संचार सिस्टम केहि समयको लागि ठप्प भयो ।
यसको परिणाम यो भयो कि घाटी तल भएको ब्रिगेड हेटक्वाटरलाई केहि समयसम्म थाह नै भएन कि के भइरहेको छ भनेर । मुदाकली गाँउमा घाइते भएको सेनालाई गाँउलेले प्राथमिक उपचार गरे । पछि सेनाको अस्पतालमा पुगाए । दुई दर्जन गाँउ मिलेर मस्जिदको आगो निभाए ।
पाकिस्तानी सेनाले जवावी कारवाही गर्न धेरे समय लगाएनन् । बचेका बंकरबाट भारतीय सेनाको बिरुद्ध जवावी कारवाही गरे र भारतीय सेनालाई पछाडि हटाउन सफल भए । एक अधिकारीका अनुसार ‘जब भारतीय सेनाले गरेको कारवाही हामीले थाह पायौ उनी नियन्त्रण रेखा भन्दा टाढा पुगी सकेका थिए ।’ उनले भने ‘पाकिस्तानको जवावी कारवाहीले उनीहरुको आफ्नो बंकरमा फिर्ता जान बाध्य पारेको थियौ ।’
अचानक भएको हमलाबाट बेखबर पाकिस्तानी सेनालाई आश्चर्यमा पारेको थियो । जब पाकिस्तानी सेना जबाव दिने अवस्थामा आयो भारतीय सेना पछाडि हटे । बिना तयारीका साथ पाकिस्तानी सेनाले जबावी कारवाहिमा आफ्नो पुरा शक्ति लगायो ।
स्थानीयले भनेका छन् कि हमला पछि दिनको समयमा सयौ गाँउलेहरु सीमामा भएका पोस्टमा गोलाबारुद पुराउने काममा लागे । पाकिस्तान प्रशासित कश्मिरमा बषौ देखि कश्मीर तर्फ झुकाउ राख्ने चरमपंथीको अड्डा थियो । नब्बेको दशकमा यो नियन्त्रण रेखा पार गरेर भारतीय सेनामाथि हमला गर्न नियन्त्रण रेखा पार गरेर आएका थिए ।
सन् २००३मा भारत र पाकिस्तानको बीचमा भएका युद्ध विराम सम्झौता पछि ती गतिविधिमा कमी आएको थियो । तर, पाकिस्तान यस कुरालाई स्वीकारदैन । तर आत्मघाती हमला गर्नमा उनको क्षमता देखर पाकिस्तानको रणनीतिले यो सान्र्दभिक बनेको छ ।
चरमपंथीले सीमा भन्दा केहि टाढा रहेको मुजफ्रवाद जस्तो ठूलो शहरमा आफ्नो लागि सुरक्षित ठाँउ बनाएको छ । तर प्रायः नियन्त्रण रेखामा भएका छाउनी नजिक आफ्ना ठेगाना बनाउँछन् । यहाँका स्थानीय लामो समयबाट चलिरहेको यो लडाइबाट थाकेका छन् ।
भारतीय मिडियामा आएका दाबीका बाबजुद केहि सबुत छैन कि चरमपंथीलाई निशाना बनाएको हो ।
भीमबेरको सामाहनी क्षेत्र अथवा पुंछ कोतली इलाकामा चरमपंथी क्याम्पमा कुनै किसमको हमला भएको रिपोर्ट छैन । यी सबै क्याम्प पहाडको उच्च भागमा थिए । त्यसकारण भारतीय सेनालाई स्वभाविक रुपमा सीधा कारवाही गर्न रोक्ने छ ।
लेपा घाटीमा चनियान र मुदाकली गाँउबीच भएका चरमपंथीका पाँच–छ घरलाई निशाना बनाएन । यहाँ नदी र पहाडको कारण सैनिक कारवाबाट बच्छ । त्यस्तै नीलम घाटीका क्षेत्रमा झंबार,दोसुत र गुरेज घाटीमा बढी चरमपंथी क्याम्प नियन्त्रण रेखाबाट सुरक्षित दुरीमा छन् ।
बीबीसीले भारतीय मिडियामा आएको दुधनिआल गाँउमा लश्कर ए तौयबाको क्याम्पमा हमला भएको दाबीको पुष्टि भएन । तर स्थानीय भन्छन् ‘केहि पोस्टमा क्षति भयो ।’ यहिका गाँउलेले सेनालाई गोलाबारुद पुगाउन सहयोग गरेका थिए । तर भारतीय मिडियामा आएको कुरा जुन ठाँउ ध्वस्त बनाएको भनिएको छ त्यो ठाँउ चरपमपंथीहरुको थियो । अथवा यस हमलामा पाँच छ जना मारिए ।
पाकिस्तानी सेना यो बारेमा बोल्न चाहेनन । २९ सेप्टेम्बर पछि यहाँ घटनामा केहि कमि आएन । लेपा घाटीका स्थानीयहरु बीबीसीसंग भनेकि हमला पछि घाटीमा चरमपंथीको संख्या बढ्यो । के ती नियन्त्रण रेखामा भारतीय सेनासंग लड्न पाकिस्तानी सेनाको सहयोग लिन आएका हुन । यस बारेमा कसैसंग कुनै स्पष्ट जवाफ छैन ।
नीलम घाटीमा जिल्ला प्रशासनका एक शीर्ष अधिकारीले बैठक बोलाएर स्थानीयलाई आफ्नो घर नजिक बंकर बनाउन भनेका छन् । किन कि तनाब बढ्दा यसको प्रयोग गर्न सकियोस ।
यस बैठकमा शामिल भएका एक जना स्थानी शिक्षकले भने कि बैठक बोलाउने अधिकारीसंग भनियो कि क्षेत्रमा चरमपंथीलाई हटाउनु भारतीय सेना को हमला बाट गाँउलाई बचाउन बढी राम्रो तरिका हो । अधिकारीले भने रणनीति गोप्य हुन्छ । यसको फैसला सरकारले गर्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij