आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्मचारीलाई धेरै काम लगाएको भन्दै जापानको सबैभन्दा ठूलो विज्ञापन एजेन्सीमा छापा

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • टोकियो  । आफ्ना कामदारहरुलाई धेरै काम लगाएको भन्दै जापानको सबैभन्दा ठूलो विज्ञापन एजेन्सीको विभिन्न अफिसहरुमा सरकारले छापा मारेको छ ।

    कम्पनीका एक २४ वर्षीय कर्मचारीले आत्महत्या गरेपछि जापानको श्रम मन्त्रालयले कम्पनीमा छापा मारेको हो । ती कर्मचारीको धेरै काम लगाएर मृत्यु भएको मन्त्रालयको ठहर छ ।

    टोकियोमा रहेको डेन्टसु नामक कम्पनीको अफिसमा सोमबार बिहान मन्त्रालयका अधिकारीहरु पुगेर छापा मारेको विविसीले उल्लेख गरेको छ ।

    त्यस्तै, कम्पनीको ओशाका, क्योटो र नागोयामा रहेको अफिसमा छापा मारिएको छ । गत अक्टोबरमा पनि टोकियो अफिसमा छापा मारिएको थियो ।

    गत डिसेम्बरमा आत्महत्या गरेका ती महिला कर्मचारीले मृत्यु हुनभन्दा एक महिनाअघि १०५ घण्टा ओभरटाइम गरेकी थिइन् । उनी डिप्रेसनको सिकार भएको बताइएको छ ।

    जापानमा धेरै ओभरटाइम लगाउने र समयमा पैसा नदिने ठूलो समस्या रहेको छ ।

    डेन्टसु कम्पनीले यसबारे आन्तरिक छानविन समेत शुरु भएको बताएको छ । कम्पनीले यसबारे आफूहरु निकै गम्भिर रहेको यस्तो परम्परा कम्पनीबाट हटाउन आफूहरु प्रतिबद्ध रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij