आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पेरिस हमलामा ८९ जनाको हत्या भएको बाटाक्लान कन्सर्ट हल पुनः खुल्यो

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • पेरिस । पेरिस हमलाका दौरान ८९ जनाको हत्या भएको बाटाक्लान कन्सर्ट हल एक वर्षपछि पुनः सञ्चालनमा आएको छ । चर्चित ब्याण्ड स्टिङले कार्यक्रम गर्दै उक्त कन्सर्ट हल पुनः सञ्चालनमा ल्याइएको हो ।

    हमला भएको एक वर्ष पुग्न ठीक एक दिन अघि गरिएको कन्सर्टमा उक्त हमलामा बाँचेकाहरु पनि उपस्थित थिए भने ज्यान गुमाएका परिवारका सदस्यहरु पनि उपस्थित थिए । बेलायती गायकले मृतकहरुलाई श्रद्धाञ्जली दिँदै बाँचेकाहरुले अब आफ्नो जीवन खुसी साथ जिउनुपर्ने बताए ।

    कन्सर्ट शुरु हुनअघि इस्लामिक स्टेटका चरमपन्थीहरुद्वारा मारिएकाहरुका लागि मौनधारणसमेत गरिएको थियो ।

    गत वर्षको नोभेम्बर १३ मा भएको हमलामा उक्त हलमा क्षति पुगेको थियो । त्यसको मर्मत सम्हार पछि उक्त हल पुनः खुला गरिएको हो ।

    मानिसहरु डर र त्रासलाई भुलाउँदै कन्सर्ट शुरु हुनभन्दा घण्टौँ अघिदेखि हलबाहिर लाइनमा बसेका थिए ।

    ap_16317800848117-987790b4-2806-4b09-a5b3-43b722a219fa
    आयोजकका अनुसार कन्सर्टका सबै टिकट आधा घण्टामा बिक्री भएका थिए ।

    उक्त कन्सर्टबाट उठेको रकम स्टिङले उक्त घटनमा बाँचेकाहरुका लागि खोलिएको दुईवटा च्यारिटीमा सहयोग गर्नेछन् ।

    एक घण्टा लामो कार्यक्रम शुरु गर्न अघि उनले भने, ‘हामी उनीहरुलाई भुल्ने छैनौँ ।’

    सन् २०१५ मा भएको पेरिस हमलामा १३० जनाले ज्यान गुमाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij