आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्प भन्छन्, ‘३० लाख आप्रवासी कि निर्वासित हुनुपर्यो कि जेल चलान’

  • प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३



  • अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार सुरुवातमा ३० लाख अवैध आप्रवासीलाई निर्वासित गरिने वा उनीहरुलाई जेल हालिनेछ ।

    अमेरिकी च्यानल ‘सिबीएस’ सँगको एक साक्षात्कारमा ट्रम्पले आपराधिक रेकर्ड भएका प्रवासीहरुका विरुद्ध कारवाही गरिने बताए । केही आपराधिक समूहका सदस्य र लागु औषध व्यापारीका विरुद्ध कारवाही गरिने उनले जानकारी दिए ।

    ट्रम्पले चुनावको क्रममा मेक्सीको र अमेरिकाको सीमामा पर्खाल बनाउने बाचा गरेका थिए । यस विषयमा बोल्दै उनले आफू यो बाचामा अडिग भएको बताए । यद्यपी, पर्खालको सट्टा बार पनि लगाउन सकिने उनले बताए ।

    साक्षात्करको क्रममा उनले भने, ‘जो अपराधी हुन् र जसको आपराधिक रेकर्ड छ वा कुनै आपराधिक समूहका सदस्य छन् अथवा कोही लागु औषधको व्यापारी छन्, उनीहरुलाई हामीले खोजी गर्नेछौं । मलाई लाग्छ यस्ता व्यक्तिको संख्या २० लाख छ अथवा ३० लाख पनि हुनसक्छ । हामी उनीहरुलाई देशभन्दा बाहिर निकाल्छौं वा उनीहरुलाई जेलमा हाल्छौं ।’

    अमेरिकामा गत मंगलबार भएको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिंटनमाथि जीत हाँसिल गरेका थिए ।

    ट्रम्पले आउँदो २० जनवरीमा कार्यभार सम्हाल्नेछन् । अमेरिकी कांग्रेसको दुबै सदनमा पनि रिपब्लिकन पार्टीको बहुमत छ ।

    अमेरिकामा करिब १ करोड ४० लाख प्रवासी यस्ता छन् जो बिना दस्ताबेज बसिरहेका छन् । यीमध्ये मेक्सीकोबाट आएका व्यक्तिहरुको संख्या उच्च छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij