प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३
ब
लिउडकी अभिनेत्री विद्या बालनको नयाँ फिल्म ‘कहानी २’ रिलिज हुने तयारीमा छ । फिल्मको प्रोमोशनका लागि एनएमआइएमएस कलेज पुगेकी छिन् । तर त्यहाँ विद्यालाई जस्तो प्रकारले स्वागत गरियो त्यसले सबैलाई चकित बनाइदियो ।
कलेज पुगेलगत्तै पुलिसले विद्यालाई पक्राउ गरेको छ । यद्यपी, उनलाई पक्राउ गर्ने पुलिस वास्तविक नभएर कलेजका विद्यार्थी थिए ।
विद्याले फिल्म ‘कहानी २’ को अनुभव सेयर गर्दै सबैलाई फिल्म हेर्नका लागि आग्रह गरिन् । सुजाय घोषद्वारा निर्देशित फिल्म ‘कहानी २’ आउँदो डिसेम्बर २ तारिखमा रिलिज हुँदैछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij