प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३
काठमााडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि सिबिएस समाचार संस्थालाई दिएको पहिलो अन्तरवार्तामा ट्रम्पले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रबासीलाई अमेरिकाबाट निकाल्ने बताएका हुन ।
चुनावी क्रममै ट्रम्पले आफू विजयी भए पहिलो काम नै आप्रवासी हटाउने रहेको बताएका थिए । गत ८ नोभेम्बरमा ट्रम्प ४५ औं अमेरिकन राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । उनले डेमेक्रयाटिककी हिलारी क्लिन्टनलाई हराएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij