आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एनआरएनए युएईको बार्षिक कार्यक्रममा आउने अतिथिको टुंगाे लाग्यो

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • युएइ  । गैर आबासिय नेपाली संघ (एनआरएनए) युएईको आगामी १८ नोभेम्बरका दिन सम्पन्न हुने गईरहेको वार्षिक भेलामा आमन्त्रित अथितीहरुको अन्तिम टुंगो लागेको छ ।

    उक्त कार्यक्रमको लागि नेपालबाट बैदेशिक रोजगार बिभागका प्रमुख तथा श्रम मन्त्रालयका प्रबक्ता गोबिन्दमणी भुर्तेल र अध्यागमन बिभागका निर्देशक बासुदेब घिमिरे विशेष अतिथीको रुपमा आउने उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन ।

    यस् अघी पररास्ट्र मन्त्रालय र प्रहरी अनुसन्धान बिभागबाट समेत प्रतिनिधित्व हुने बताईए पनि बिबिध कारणले उनीहरुको उपस्थिती हुन नसकेको उनले बताए । त्यसैगरी वार्षिक भेलामा अन्तराष्ट्रिय परिषदबाट उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तको समेत उपस्थिती रहनेछ । कार्यक्रममा आईसीसीका सल्लाहकार टिबी कार्की, नरेन्द्र भाट, मध्यपुर्ब सँयोजक डिबी क्षेत्री ९ओमान०, निबर्तमान मध्यपुर्ब सहसंयोजक राजु शैयद लगायतको उपस्थिती रहने बताइएको छ ।

    वार्षिक भेलामा युएईका लागि नेपाली (कार्यबाहक) राजदुत नेत्र बहादुर टण्डनको प्रमुख आथित्यता रहने छ । उक्त दिन एनआरएन युएईको गत बर्ष भए गरेका काम कारवाहीको लेखाजोखा साथै आगामी बर्षका योजनाहरुको बारेमा पनि छलफल हुने श्रेष्ठले बताए ।

    दुबईको फोर पोइन्ट शेराटन होटल बरदुबईमा बिहान ११ बजे देखी ५ बजे सम्म रहेको आयोजकले जनाएको छ । आयोजकले युएईमा रहेका सम्पुर्ण सदस्यहरु, पार्षद सदस्यहरु तथा संघसंस्थाका प्रतिनिधिहरुलाई उपस्थितीको लागि अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij