प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३
प्रकाश आङदेम्बेले थुप्रै विधामा आफ्नो परिचय बनाएका छन्, कवि, रुवाइयातकार, सिनेमा निर्देशक आदि । उनको व्यक्तिगत बानी पनि छ, मिजासिलो । झापाको दमकमा छँदा भुटानी शरणर्थी शिविरमा आफन्तहरुसँग आङदेम्बेले थुप्रै क्षणहरु साटेका छन्, संवेदना साटेका छन्, खुसी साटेका छन् । अहिले आङदेम्बे काठमाडौं सरेका छन् भने शरणार्थीहरु शिविरमा रहेका उनका हितैसी साथी र आफन्तहरु विभिन्न देश पुगेका छन् ।
तिनै आफन्त र साथीभाईसँग लामो समयपछि अष्ट्रेलियामा आङदेम्बेको भेट एक महिना अघि भयो र विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएर उनी नेपाल आइपुगेका छन् ।
प्रदर्शनमा आउन लागेको सिनेमा ‘देश खोज्दै जाँदा’का निर्देशक आङदेम्बे अष्ट्रेलियामा एक महिना रहँदा ‘देश खोज्दै जाँदा’माथि अष्ट्रेलियन भुट्निज सोसाइटी नर्दन तास्मानियाको आयोजनामा अन्र्तक्रिया कार्यक्रममा सहभागी भए भने एकल रचना वाचन गर्नुका साथै उनी अभिनन्दित भएका थिए । ब्लु स्काई टासी प्रोडक्शनको आयोजनामा समेत एकल रचना बाचन गरेका थिए ।
त्यहाँको स्थानीय पर्यटकीय स्थल, अन्टारर्टिक समुन्द्र, क्यानभेराको पार्लियामेन्टको नेस्नल युनिभर्सिटी, सेन्ट्रल म्युजियम, त्यहाँको आर्ट ग्यालरी, बोटानिकल गार्डेन, युनिभर्सिटी, एडलिडको संग्रहालय, आर्ट ग्यालरी, सिटी र केही स्कूलहरुको अवलोक भ्रमण समेत गरेका थिए ।
त्यसैगरी भमणका क्रममा उनले त्यहाँका कलाकारहरुसँग भेटधाट गर्नुका साथै ‘अष्ट्रेलियामा नेपाली साहित्य र संस्कृति, समस्या र संभावना’ विषयक विचार गोष्ठीमा प्रमुख वक्ताका रुपमा सहभागी बनेका थिए । स्थानीय भुट्निज नेपालीहरुसँग अनौपचारिक साहित्यिक जमघट गरेका आङदेम्बले तिहारसमेत उतै मनाएका थिए ।
उनी त्यहाँ सामुहिक देउसी भैलो कार्यक्रममा पनि सहभागी बनेका थिए ।
भ्रमणका क्रममा उनले त्यहाँ थुप्रै स्थानमा चलचित्र देश खोज्दै जाँदाको प्रर्दशन समेत गर्न भ्याएका थिए । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा आयोजित विशेष साहित्यिक गोष्ठीमा सहभागी उनले त्यहाँ थुप्रै सम्मान र अभिनन्दन ग्रहण गरेका थिए ।
नेपाल आएपछि आङदेम्बेले भने, ‘आफन्तहरुसँग धेरै पछि भेट भयो । भेटिँदा धेरै खुशी हुने थिए । छुटिंदा भक्कानिएर रुने पनि उत्तीकै थिए । समय छोटो थियो । भेटिँदाको उत्साह र छुटिँदाको
वियोग ले साह्रै गाह्रो बनायो ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij