आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोजगारीका लागि साउदी गएका २८ नेपाली अलपत्र

  • प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३



  • काठमाडौं । साउदी अरबको एक निर्माण कम्पनीमा रोजगारीका लागि गएका २८ जना नेपाली अलपत्र परेका छन् ।

    चार महिनाअघि साउदी अरब गएका ती यसवाले समझौताअनुसार काम नपाएको, तोकिएअनुसार तलब नपाएको र कम्पनीले बन्धक बनाएको रोखेको दुखेसो गरेका छन् ।

    रौतहटको चन्द्रपुर नगरपालिका १४ चेतनानगरका ३० वर्षीय वेदप्रसाद फुँयालले कम्पनीले सम्झौताअनुसार काम नदिएको इलेक्ट्रिकल काममा भनेकामा इँटा बोक्ने, जग खन्ने, भारी बोक्नेलगायतका जोखिमपूर्ण काममा लगाएको गुनासो गरेका छन् ।

    नेपाल फर्कन कम्पनीसँग अनुरोध गर्दा १० हजार रियाल जरिवाना मागेको उनले टेलिफोनमा बताए । साउदी अरब पुगेपछि आफूहरुसँग रहेका सबै कागजपत्र कम्पनीले राखेको, स्वास्थ्य परीक्षण तथा अस्थायी बसोबासको काजगपत्रसमेत नबनाइदिएको पीडितहरुको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij