आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यान्सर पिडितद्वारा मृत शरिर संरक्षण गर्न गरेको अनुरोधको पक्षमा अदालत

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • लण्डन (बेलायत) । बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा यहाँको अदालतले फैसला दिएको छ ।

    पत्रमा उनी क्यान्सरको उपचार नहुदा ज्यान गुमाउन परेको तर आँफूलाई यस धर्तीमा पूरा जीवन जीउने इच्छा प्रकट गर्दै भनेकी छन्, “म धेरै भन्दा धेरै बाँच्न चाहेको र वैज्ञानिकले भविष्यमा पक्कै क्यान्सर निको पार्ने प्रविधि पत्ता लगाउने छन् । त्यही प्रबिधिको प्रयोग गरेर सय बर्ष पछि भएपनि म पुनर्जीवित हुन चाहन्छु त्यसैले मलाई अन्त्येष्टि नगर्न अनुरोध गर्दछु,” उनले पत्रमा भनेकी छन् ।

    किशोरीको मृत्युनिकट अवस्थामा लेखिएको पत्रले लण्डनस्थित उच्च अदालतलका न्यायधिस पिटर ज्याकसनलाई प्रभावित पारेपछि उहाँले किशोरीको अन्तिम इच्छालाई पूरा गर्न स्वीकृती दिनेगरी फैसला सुनाउनु भएको हो । यो किसिमको अपिल र फैसला बेलायतमा पहिलो भएको भन्दै कार्यान्वयनमा लान अनुरोध गरिएको हो ।

    किशोरीले आफुलाई सुरक्षित राख्न ३७ हजार पाउन्डको रकम लाग्ने पत्रमा जनाइएको छ ।

    किशोरीका अभिभावकले उक्त सर्तलाई सुरुमा अस्वीकार गरेका थिए । किशोरीकी आमा यो कुराको पक्षमा आए पनि बाबुले अस्वीकार गर्न खोजे पनि अन्तिम समयमा छोरीको मृत्यु नजिकिएको अवस्थामा प्रस्तावलाई स्वीकार्न बाध्य भए ।

    किशोरी र अभिभावकको नाम कानुनी जटिलताको कारण देखाउँदै सार्वजनिक गरिएको छैन । किशोरीले आफ्नी आमालाई मृत शरीरलाई व्यवस्थापन गर्न आग्रह गरेअनुसार अनको शरीरलाई अत्यन्तै न्यून तापक्रममा राख्न (क्राइओजिनिकली प्रिजभ्ड) का अनुमति दिइएको हो ।

    यस प्रविधिअनुसार मृत शरीरलाई सुरक्षित राखिएमा भविष्यमा उपचारबाट शरीरलाई जीवन दिन सकिने एक अप्रमाणित प्रविधिबारे केही मानिसले चर्चा गर्ने गरेको थाहा पाएपछि किशोरीले अदालत समक्ष सो आग्रह गरेकी हुन् ।

    युनिभर्सिटी कलेज, लन्डनका न्यून तापक्रम प्रविधिसम्बन्धी विज्ञ ब्यारी फुलरले अत्यधिक चिसो तापक्रममा शरीरका तन्तुहरुलाई संरक्षण गर्न सकिने भए पनि यसलाई अहिलेसम्म मानव मिर्गौलाजस्ता ठूला भागमा प्रयोगमा नल्याइएको बताउनु हुन्छ ।

    तत्काल हामीसँग मानिसको सम्पूर्ण शरीरलाई ‘क्राइओप्रिजर्भेसन’ प्रविधिद्वारा जीवित राखेका वस्तुगत तथ्यहरु छैनन् तर भविष्यमा तन्तुलाई पुनःजीवित गर्न सकिने सम्भावना देखिन्छ, फुलरले थप्नुभयो ।

    उहाँले यस सम्बन्धमा रिसर्चहरु भइराखेका बताउनुभयो । यदि अनुसन्धानले सकारात्मक नतिजा पाएमा भविष्यमा मानव शरीरका महत्वपूर्ण अङ्ग प्रत्यारोपणका लागि ‘क्राइओप्रिजर्भेसन’ उपयोगी हुनेछ, उहाँको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij