आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोलम्बियामा नयाँ शान्ति संझौता हुदै

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • बोगोटा । कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

    करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः नयाँ शान्ति सम्झौता गर्न लागिएको दुवै पार्टीले जानकारी दिएको छ ।

    नयाँ शान्ति सम्झौता अनुमोदनको लागि संसदमा पेश गरिने भएको छ । दोस्रो पटक जनमत सङ्ग्रहमा जानु भन्दा अनुमोदनको लागि संसदमा पेश गर्नु नै तुलात्मक रुपमा राम्रो हुने बताइएको छ ।

    farc 3
    द्वन्द्व अन्त्य गर्न र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन तयार पारिएकोे नयाँ शान्ति सम्झौता अन्तिम अवस्थामा पुगेको दुवै पक्षद्धारा मङगलबार जारी संयुक्त बक्तव्यमा जनाएका थिए ।

    नयाँ शान्ति सम्झौता गत नोभेम्बर १२ मा पहिलो पटक घोषणा गरिएको थियो । बिहीबार हुने हस्ताक्षर कार्यक्रम स्थानीय समयानुसार विहान ११ बजे बोगोटाको कोलन थियटरमा आयोजना गरिएको छ ।

    सो सम्झौतामा हस्ताक्षर भएपछि अनुमोदनको लागि संसदमा पेश गरिने दुवै पक्षले बताएका छन् ।

    “हामीले यसका लागि आवश्यक संपूर्ण प्रक्रियागत कामहरु गरिरहेका छौं,” उनीहरुले भनेका छन् । संसदमा अहिलेको सरकारको बहुमत रहेको छ ।

    दुई पक्षबीच नयाँ सम्झौताको लागि वर्तमान राष्ट्रपति जोन म्यानुएल सन्तोषको अथक प्रयास रहेको र प्रतिपक्षी दलसँग पनि पर्याप्त छलफल गरेका छन् ।

    सन्तोषले प्रतिपक्षी दलले उठाएका विषयवस्तुलाई सम्झौतामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा फार्कसँग परामर्श गरेको बताए ।

    विपक्ष दलका नेता तथा पूर्वराष्ट्रपति एल्भारो उरिबेले पहिलो शान्ति सम्झौताले विद्रोहीले विगतमा गरेका अपराधप्रति जवाफदेही नबनाएको भन्दै विरोध गर्दै आएका थिए ।

    कोलम्बियामा झन्डै ५० वर्षसम्म भएको द्वन्द्वका कारण झन्डै दुई लाख ६० हजार जनाको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij