आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाको चुनावमा धाँधली भएको वैज्ञानिकको दाबी, भोट पुनः गणना गरिनुपर्ने माग राख्न आग्रह

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • शीर्ष कम्प्युटर वैज्ञानिकहरुले हिलारी क्लिंटनको अभियानलाई विस्कन्सिन, मिचिगन र पेन्सिल्भानियाका सबै भोटलाई पुनः गणना गर्न आग्रह गरेका छन् ।

    कम्प्युटर वैज्ञानिकका अनुसार माथि उल्लेखित तीन राज्यका भोट ह्याक गरिएको वा त्यसमा केही फेरबदल गरेको कुरा क्लिंटनका सहयोगीसामू गत बिहिबार प्रस्तुत गरिएको छ ।

    वैज्ञानिकमध्येका एक जे. एलेक्स हाल्दरम्यान, युनिभर्सिटी अफ मिचिगन सेन्टर फर कम्प्युटर सेक्युरिटी एण्ड सोसाइटीका निर्देशका अनुसार जुन राज्यमा विद्युतीय भोटिङ मेसिनमार्फत भोट गरिएको थियो त्यसमा क्लिंटनको लज्जास्पद हारमा केही न केही कारण रहेको छ । पेपर ब्यालोट र अप्टिकल स्क्यानरमा यस्तो स्थिती नरहेको उनको दाबी गरे ।

    वैज्ञानिककको उक्त समूहले क्लिंटन अभियानका अध्यक्ष जोन पोडेस्टा र अभियानका वकिल मार्क इलियासलाई यसबारे जानकारी दिएको छ । ‘क्लिंटनले विद्युतीय भोटिङ मेसिन राखिएका राज्यमा ७ प्रतिशत कम भोट जितेकी थिइन्, यो ह्याकको नतिजा हुनसक्छ,’ उनीहरुले आशंका गरे ।

    उनीहरुको समूहले पोडेस्टा र इलियासलाई यसबारे प्रमाण नभेटिएकाले भोटलाई पुनः एकपटक स्वतन्त्र ढङ्गले गन्नुपर्ने बताएका छन् ।

    यस विषयमा सम्बन्धित वकिल हाल्दरम्यान र जोन बोनिफाज दुबैले मंगलबार बेलुका प्रतिक्रिया जनाउन अस्विकार गरिदिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij