आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ब्राजिल फुटबल समूहका ती ९ सदस्य जसले दुर्घटनाग्रस्त विमान चढेनन्

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३



  • संसारभरीको फुटबल जगत् अहिले शोकमा छ । ब्राजिल फुटबल समूह बोकेको प्लेन कोलम्बियामा दुर्घटनाग्रस्त भएपछि खेल जगतसँगमा एक्कासी कोलाहल मच्चिएको हो ।

    ब्राजिलबाट बोलिभिया जाँदै गरेको उक्त दुर्घटनाग्रस्त विमानमा च्यापाकोएन्स समूह सवार थिए ।

    तर त्यही समूहका केही सदस्य उक्त विमानमा चढेनन् । साथीहरुको मृत्युले उनीहरु झनै मर्माहत बनेका छन् । ब्राजिलको समाचार एजेन्सी डियारियो क्याटारिनिजले उक्त समूहका तीन सदस्यको फोटो ट्वीट गरेको छ ।

    खेलाडीको ड्रेसिङ रुममा एउटा मन्दिर स्थापना गरिएको छ जहाँ खेलाडीहरुले साथीको आत्माको शान्तिका लागि प्रार्थना गरिरहेका छन् भने खेलाडीका प्रशंसकहरुले स्टेडिम बाहिर फूल, माला चढाइरहेका छन् ।

    पत्रकार इयुवान म्याक टियरका अनुसार च्यापाकोएन्सका प्रशिक्षकका छोरासमेत उक्त फ्लाइटमा छन् ।
    म्याथिउस सारोली, २१, ले आफ्नो पासपोर्ट हराएपछि उनी ब्राजिलमा बस्दै आएका थिए ।

    स्थानीय मिडियाका अनुसार क्लबका अन्य ९ खेलाडीहरुले अन्य खेलाडीसँग यात्रा गरेनन् । यात्रा नगर्नेमा अलिजान्द्रो मार्टिनुसियो, नेनेम डिमर्सन, मार्सेलो बोइक, एन्ड्रि ह्योरान, निभाल्डो, मोइसेस र राफेल लिमा रहेका छन् ।

    गोलकिपर मार्सेलो बोइल आफ्नो जन्मदिन भएकाले उक्त विमानमा यात्रा नगरेका हुन् । उनी आफ्नो घरमा आफ्नो ३२ वर्षको जन्मदिन मनाइरहेको बताइएको छ ।

    अलिजान्द्रो मार्टिनुसियोलाई चोट लागेका कारण उनले ती समूहसँगै यात्रा गर्नुपरेपनि नजाने छुट पाएका थिए ।

    उनले ट्वीट गरेका छन्, ‘कृपया मेरा समूहका साथीहरुका लागि प्रार्थना गर्नुहोस् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij