आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीमा नयाँ हाकिम आएसंगै बालुवा तस्करलाई समस्या

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • भक्तपुरका विभिन्न ठाउँहरुमा भइरहेको अवैधानीक बालुवा चोरी निकासी नियन्त्रणमा प्रहरी सक्रिय भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा केही दिन अगाडि प्रमुखको रुपमा प्रहरी उपरीक्षक किरण राना आएपछि जिल्लामा अवैध रुपमा उत्खनन् भएको माटो र बालुवा तस्करीलाई कमी ल्याउने प्रहरीको तयारी रहेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही वर्ष अगाडीदेखि बालुवा उत्खनन्मा रोक लगाएपनि चोरी निकाशी भने रोकिएको छैन् ।

    अवैध तरीकाले निकालेको बालुवा र माटोको निकासीलाई रोक्ने अभियानमा प्रहरी सक्रिय भएको परीसर भक्तपुरकी प्रहरी प्रमुख रानाले जानकारी दिइन् ।

    रानाले भनिन् ‘हामीले चोरी निकासी भइरहेको खबर प्राप्त गर्नसाथ प्रहरी जाने सवारी साधनलाई नियन्त्रणमा लिएर जिल्ला विकाशमा बुझाउने गरेका छौ । ’

    बुधबार मात्र प्रहरीको नियमित गस्ती टोलिले चेक जाँच गर्ने क्रममा मध्यपुरठिमी नगरपालिकामा अवैध बालुवा बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले चेक जाँच गर्दा बा २ ख ८४६७ नं. को मिनी ट्रकले अबैध रुपमा वालुवा लोड गरी लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

    बालुवा सहितको मिनी ट्रक यस परिसरमा दाखिला गरी आवश्यक कारवाहीकोलागि जिल्ला बिकास समितिको कार्यालय भक्तपुर पठाईएको रानाले जानकारी दिएकी छिन् ।

    जिल्ला विकाश समितिले अवैधरुपमा निकासी गरीएको माटोको १६ र बालुवाको २५ हजार प्रति सवारी साधन राजस्व लिने गरेको छ ।

    जिल्लाको करोडौं राजस्व छली गरेर अवैध तरीकाले उत्खनन् गरीएको माटो र बालुवाको चोरी निकासी रोक्ने प्रहरीको अभियान सकारात्मक भएपनि यसले निरन्तरता पाउनेमा भने सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij