प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
काठमाडौं । चीनको कम्युनिष्ट पार्टी समर्थित पत्रिका ‘ग्लोबल टाइम्स’ले चीनले सैन्य खर्च बढाउनुपर्ने र परमाणु हतियार वृद्वि गर्नुपर्ने बताएको छ ।
ट्रम्पले चीनलाई एकल्याउने कोसिस गरिरहेकाले राष्ट्रिय स्वार्थका लागि रणनीतिक परमाणु हतियार बनाउन आवश्यक भएको सुझाव दिइएको छ । चीनले डिएफ–४१ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र तैनाथ गर्नुपर्नेमा जोड दिएको छ ।
अंग्रेजी र चिनियाँ दुवै भाषामा प्रकाशित लेखमा भनिएको छ, ‘सन् २०१७ मा चीनले सैन्य खर्च निकै बढाउन आवश्यक छ ।’
‘ग्लोबल टाइम्स’ सत्तारुढ कम्युनिष्ट पार्टी निकट पत्रिका हो । सम्पादकीयमा उल्लेख छ, ‘हामी ताइवानका विषयलाई लिएर पनि सैन्य रुपले उच्चस्तरीय हुनु आवश्यक छ । यसबाट स्वतन्त्र ताइवानको माग गर्नेलाई कारबाही गर्न सकिनेछ । दक्षिण चीन सागरमा अमेरिकाको भड्काउपूर्ण व्यवहारबाट सावधान हुन सहज हुनेछ ।’
यसअघि ट्रम्पले सुरक्षाका विषयमा पैसा लिनुपर्ने बताएका थिए । यदि अमेरिकाले कसैको सुरक्षमा गर्छ भने त्यसको सट्टा रकम भुक्तानी गर्नुपर्ने उनले बताएका थिए । उक्त पत्रिकामा ‘चीनले ट्रम्पलाई पैसा पनि नदिने र त्यसको साटो उक्त रकम परमाणु हतियार बनाउन खर्च गर्ने’ उनको भनाइ छ । चीनले आफ्नो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल डिएफ– ४१ तैनाथ गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । यो सातामात्रै ट्रम्पले दुईपटक चीनलाई भड्काउने खालका प्रतिक्रिया दिइसकेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij