प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३
अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दाको एउटा फोटो सोसल मिडियामा भाइरल भइरहेको छ । उक्त फोटोमाउ उनी निलो बिकिनीमा देखिएकी छिन् ।
यद्यपी, फोटो कहाँ र कहिले खिचिएको यो भने स्पष्ट भएको छैन । स्मरण रहोस्, डिसेम्बर ६ तारिखमाल नव्याले आफ्नो १९ औं जन्मदिन मनाएकी थिइन् । यसका लागि उनले साथीहरुका लागि एउटा पार्टी पनि होस्ट गरेकी थिइन् । नव्याको इन्स्टाग्राम फ्यान क्लबले पाटीका थुप्रै तस्बिरहरु सेयर गरेको थियो जसमा उनी आफ्ना साथीहरुसँग निकै मस्ती गरिरहेको देखिएको थियो ।
– श्वेता बच्चन र निखिल नन्दाकी छोरी नव्या बलिउड स्टारका सबैभन्दा चर्चित छोरीमध्येमा पर्छिन् । उनी सोसल मिडियाकी सेलिब्रिटी पनि हुन् ।
– लण्डनमा पढिरहेकी नव्या धेरैजसो आफ्नो फोटोका कारण ‘टक अफ द टाउन’ बन्ने गर्छिन् ।
– नव्याले यसैवर्ष सेवन ओक्स स्कूल, लण्डनबाट आफ्नो स्कूलिङ पूरा गरेकी छिन् । शाहरुखका छोरा पनि यहि स्कूलमा पढ्थे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij