आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चोरिएको ड्रोन चीनबाट फिर्ता चाँहिदैनः ट्रम्प

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • नवनिर्वाचित अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले चीनले जफत गरेको ड्रोन आफूसँगै राख्न सल्लाह दिएका छन् । अमेरिकी रक्षा विभाग पेन्टागनले चीनले अमेरिकाको समुन्द्री ड्रोन फिर्ता गर्ने तयारी गरिरहेको बताएपछि ट्रम्पको यस्तो बयान सार्वजनिक भएको हो ।

    ट्रम्पले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हामीले चीनलाई यो भन्न आवश्यक छ कि चीनले चोरेको ड्रोन हामी फिर्ता चाहन्नौं । यसलाई चीनले आफूसँगै राख्दा हुन्छ ।’

    यद्यपी, पेन्टागनले बिहिबार दक्षिण चीन सागरमा जफत गरिएको ड्रोनलाई फिर्ता गर्नका लागि चीनसँग सहमती भएको बताएको थियो ।

    पेन्टागनका प्रवक्ता पीटर कुकुले शनिबार दिएको जानकारी अनुसार चीन प्रसाशनको सिधा सम्पर्कमार्फत चीनले अमेरिकाको यूयूवी (मानवरहित समुन्द्री वाहन) फिर्ता गर्ने सहमती भएको छ ।

    योभन्दा पहिले चीनका रक्षा मन्त्रालयले अमेरिकी प्रतिक्रियाको आलोचना गरेको थियो ।

    चीनले अमेरिकामाथि यो विषयलाई चाहिनेभन्दा बढि चर्चा गरेको आरोप लगाएको छ ।

    अमेरिकाले चीनको समुन्द्रमा निगरानीको काम बन्द गनुपर्ने चीनको भनाई छ ।

    चीनको तर्फबाट यो बयान ट्रम्पले ट्वीटरमा दिएको प्रतिक्रिया पछि सार्वजनिक भएको हो ।

    ट्रम्पले ट्वीटरमा यो मुद्दाको उठान गर्दै चीनमाथि ‘चोरी’ को आरोप लगाएको थियो ।

    ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय जल सीमामा चीनले अमेरिकीको नेवी रिसर्च ड्रोनलाई चोरेको छ । उनीहरुले यसलाई पानीबाट निकालेर चीन लिएर गए । यो पहिलो घटना हो ।’

    ट्रम्पले यो महिनाको सुरुवातमा ताइवानका राष्ट्रपतिसँग फोनमा कुराकानी गरेका थिए । यो कुराकानीमार्फत उनले अमेरिकाको दशकौं पुरानो चीन–ताइवान नीति तोडेका छन् जसलाई चीनले विरोध गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij