प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३
रोम । बर्लिनको व्यस्त बजारमा ट्रकले कुल्चेर १२ जना सर्वसाधारणको हत्या गरेको आरोप लागेका अनिस अम्री इटालीमा मारिएको खबर छ ।
इटालीका गृहमन्त्रीका अनुसार मिलानमा प्रहरीसँग भएको गोलिबारीमा उनी मारिएका हुन् ।
शुक्रबार बिहान सेस्तो सान जिओबानी क्षेत्रमा नियमति प्रहरी जाँचको क्रममा एक व्यक्तिलाई परिचय पत्र माग गर्दा प्रहरीमाथि गोली चलाएका थिए । जवाफी कारवाही उनी मारिएका थिए ।
मन्त्री मार्को मिनेटीले भने, ‘मारिने व्यक्ति अनिस आम्री हुन् भन्ने कुनै शंका छैन ।’ घटनामा एक प्रहरी अधिकृत घाइते भएका छन् ।
बर्लिनमा भएको ट्रक हमला पाइएको औँलाको छाप र इटालीमा मारिएका व्यक्तिको औँलाको छाप मिलेको पनि बिबिसीमा उल्लेख छ ।
गत सोमबार भएको घटनामा थप ४९ जना घाइते भएपछि जमर्नीमा हाइअर्लट जारी गरिएको थियो ।
यसघटनामा संलग्न भएको र योजना बनाएको आरोप जमर्नीको ओबरहाउसेन सहरमा थप दुई जनालाई पक्राउ गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij