मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

माधव नेपाल पत्नीसँग परराष्ट्रले घरमै गएर माफी माग्यो

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७३



  • Nepal's Prime Minister Madhav Kumar Nepal speaks to The Associated Press in Katmandu, Nepal, Saturday, June 13, 2009. The political turmoil that has roiled Nepal in recent weeks will not stop its peace process from moving forward, the country's prime minister said Saturday, adding that the former Maoist guerrillas still must prove that they are committed to negotiations. (AP Photo/ Gemunu Amarasinghe)

    काठमाडौं ।  परराष्ट्र मन्त्रालयाले पूर्वप्रधानमनत्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरुको कमजोरीको कारण टर्कीमा दुख पाएको भन्दै माफी मागेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    नेपाल दम्पती अमेरिकाबाट फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशिल लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरु नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् ।

    सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरुलाइ दुखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन् । प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुख व्यक्त गरेका थिए ।

    परराष्ट्र मन्त्रालयको हेलचेक्रयाइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुल स्थित अध्यागमनमा २० घण्टा नियन्त्रणमा परेकी थिइन् । ६ महिनाअघि म्याद सकिएको पासपोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुख झेल्नु परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij