आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुवेतमा २०१६ मा २५ नेपालीले ज्यान गुमाए

  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३



  • कुवेत  । कुवेतमा सन् २०१६ मा २५ नेपालीले ज्यान गुमाएका छन् | जसमा १८ जना पुरुष र ७ जना महिला रहेका छन् ।

    नेपाली दुताबास कुवेतका अनुसार एक बर्षमा मस्तिष्क पक्षघात, हृदयघात, प्राकृतिक मृत्‍यु वा बिभिन्न रोगका कारण ९ जना, सडक दुर्घटनामा ५ जना र आत्महत्यामा ४ जना गरी १८ जना पुरुष कामदारहरुले ज्यान गुमाएका छन् | यसैगरी मस्तिष्क पक्षघात, हृदयघात वा बिभिन्न रोगका कारण ३ जना, सडक दुर्घटनामा १ जना, आत्महत्यामा २ जना तथा सुत्केरी हुने समयमा (गर्भिणी) १ जना गरी ७ जना महिला कामदारहरुले ज्यान गुमाएका छन ।

    ६० हजार भन्दा बढी कामदार रहेको कुवेतमा नेपाली दुतावासको तथ्यांक अनुसार बिगत २०१० देखि २०१४ सम्ममा मात्रै २२७ जनाको विभिन्न कारणले निधन भएको थियो भने २०१५ मा ४५ जनाले ज्यान गुमाएका थिए |
    गत वर्ष २०१५ को तुलनामा मृत्यु हुनेको संख्या यो बर्ष घटेको दुताबासले जनाएको छ | मृत्यु हुनेको संख्या २०१६ मा घटेर २५ जनामा झरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij