मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

प्रतिपक्षको विरोध सभामा ९ नेताले सम्बोधन गर्ने

  • प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३



  • काठमाडौ । एमाले लगायतका ९ दलले गर्ने शक्ति प्रर्दशन आज दिउसो १ बजेबाट सुरु हुदै छ । यसमा एमाले लगायतका अन्य आठ दलका प्रमुख नेताहरुले संम्बोधन गर्ने नेताहरुले बताएका छन् ।

    राष्ट्रिय सभागृहको अगाडि सडकमा बनाएको मंन्चमा ३० जना नेताहरु बस्ने आयोजकले बताएको छ । कार्यक्रममा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र महासचिव इश्वर पोख्रेल सहभागी हुनेछन् ।

    मालेको तर्फबाट महासचिव सीपी मैनाली लगायतका बरिष्ठ नेता जानेछन् । जनमोर्चाका चित्रबहादुर केसिसहित अन्य नेतापनि कायृक्रममा सहभागि बन्नेछन्


    त्यस्तै नेपाल मजदूर किसान पार्टीका नारायणमान विजुक्छे लगायत नेताहरुसहभागि भएपनि विजुक्छेलेमात्रै सम्बोधन गर्नेछन् ।

    नेपाल परिवार दल एकनाथ ढकाल लगातयका नेताहरु तथा राष्ट्रिय जनमुक्ति पार्टीका ,नेपाः पार्टी र बहुजन शक्ति पार्टीका नेताहरु पनि मंचमा बस्ने छन् ।

    मंचमा ३० जना नेताहरु बसेपनि सम्बोधन भने ९ दलका प्रमुख नेताहरुले गर्ने छन् ।

    प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपि ओली हुने छन् । अन्य दलका नेताहरु विशिष्ट अतिथि हुने छन् ।

    मंच र ¥यालीको व्यवस्था भने एमाले कार्यकताहरुले गर्ने छन् । २ लाख जनता सहभागी हुने आयोजकले बताएका छन् ।

    तर सडक प्रर्दशनमा राजधानीको प्रर्दशनीमार्ग र भृकुटी मण्डपमा त्यो जनमास अटाउदैन । तर प्रर्दशनि मार्गमा भएका कलेजहरुमा पनि जनमास बस्ने आयोजक बताउछन् । सके सम्मको प्रविधि प्रयोग गरेर सम्बोधन सबैलाई सुन्ने व्यवस्था गरेको छ ।

    आयोजकले २ लाख आउने दाबी गरेपनि राजधानीमा आजको शक्ति प्रर्दशनमा करिब ५० हजार मानिस आउने अनुमान गरीएको छ ।

    यो शक्ति प्रर्दशन सरकारले मंसिर १४ गते संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध भएको दलका नेताहरुको भनाइ छ । २२ गतेको शक्ति प्रर्दशनबाट सरकारलाई संशोधनको विपक्षमा जनता रहेको देखाउने प्रतिपक्षको योजना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij