प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३
काठमाडौँ । एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (माले) का महासचिव सिपी मैनालीले भने,
–संविधान रोक्नका लागि छिमेकी दुतहरु आएका थिए
–संविधान जारी भएरै छाड्यो
–अब संविधान कार्यान्वयन हुनेछ भनेर सोचेका थियौँ तर भारतले फेरि खेल्न थाल्यो
–भारतले नेपाल सार्वभौममुलक देश हो भन्ने तर नेपालको संविधानलाई विरोध गर्यो
–नेपाललाई बाध्य पार्नका लागि भारतले नाकाबन्दी गर्यो
–भारतका नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको संविधान बारेमा गलत सूचना दिए
–नाकाबन्दी फिर्ता भएपनि भारतले संशोधनका लागि दिएका सातवटा बुँदा फिर्ता भएन
–भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको छ
–भारतले नेपालाई फिजिकरण गर्ने, सिकिमीकरण, भुटानीकरण गर्ने जस्ता काम गर्न थालेको छ
–प्रदेशसभाको सहमति बेगर सीमांकन हेरफेर गर्न सक्दैन भन्ने संविधानमा उल्लेख छ
–प्रदेशसभाको अधिकारलाई मिच्ने काम गरिरहेको छ
–यो संविधान संशोधन प्रस्ताव गैरसवैधानिक छ
–सर्वोच्चले १८ गते जुन आदेश दिएको छ, शक्तिपृथकीकरणका कारण संसदमा बहस नगर्न भन्न सक्दैन
–प्रदेशसभाको अधिकार मिचेर संविधान संशोधनको प्रस्ताव आइरहेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौँ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij