मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

युवासंघले बोलायो केन्द्रीय समिति बैठक

  • प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७३



  • काठमाडौं । एमाले निकट युवासंघले केन्द्रीय समिति बैठक (माघ १६–१८) बोलाएको छ । युवासंघको १५ महिनादेखि जारी विवाद मिलेसँगै केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

    महेश बस्नेतपछि निरुपाल अध्यक्ष बनेसँगै युवासंघमा विवाद चर्किएकोमा विवाद समाधानको लागि राजीव पहारीलाई अध्यक्ष बनाएर महाधिवेशन गर्ने भनिएपनि १५ महिनासम्म विवाद सुल्झिन सकेको थिएन ।
    तर, सोमबार बसेको युवासंघको स्थायी कमिटी बैठकले विवादित विषयमा केपी ओली र माधव नेपाल पक्षबीच भागबण्डा मिलाएपछि विवाद साम्य भएको हो ।

    संगठनको आर्थिक , युवाशक्ति , समावेशी तथा सांस्कृति , प्रचार, राजधानी, कार्यालयलगातका विवागमा भागबण्डा मिलेपछि विवाद साम्य भएको उपाध्यक्ष दिलकुमारी पन्तले जानकारी दिइन् ।
    यस्तै विभिन्न जिल्लाका विवादपनि सुल्झिएको बताइएको छ ।

    अब माग १६ देखि तीन दिनसम्म बस्ने बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै संगठनको आगामी रणनीतिलगायत तय गर्ने प्रवक्ता प्रभात कटुवालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij